प्रशारण लाइनमा काम गर्ने क्रममा चिनियाँ मजदुरको मृत्यु
- प्रकाशित मिति : Fri-31-Jan-2076
- - Admin

नुवाकोट , वैशाख । त्रिशूली थ्रि ए को प्रशारण लाइनमा काम गर्ने क्रममा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मंगलबार लिखु गाउँपालिका ३ चौखुडामा ४८ वर्षीय हे युवाङलाई मेन प्रशारण लाइनको काम गर्ने क्रममा विद्युतीय सामाग्री झरेर टाउकोमा लाग्दा उनको मृत्यु भएको हो ।
उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको थियो । अस्पतालले उनको मृत्यु भइसकेको जनाएपछि पोस्टमार्टमको लागि राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी भीमलाल भट्टराईले जाकारी दिए ।