भर्खरै

बुढीगण्डकी प्रभावितको पुर्नस्थापनाको लागि प्रक्रिया शुरु

  • प्रकाशित मिति : Sat-01-Feb-2076
  • - Admin
title
काठमाण्डौ, बैशाख । बुढीगण्डकी प्रभावितको पुर्नस्थापनाको लागि प्रक्रिया सुरु भएको छ । पुर्नस्थापना तथा पुर्नवासको लागि गोरखा तर्फको सम्भावित स्थान पहिचान गर्दै पुर्नस्थापनाका लागि प्रक्रिया सुरु गरेको हो । जिल्ला मातपोत कार्यालयका प्रमुख देवेन्द्र थापाले भने ‘पुर्नवास एवं पुर्नस्थापनका लागि जग्गा रोक्का गर्ने भनि हामीलाई पत्र आएको छ’ भने ‘सोही अनुसार हामीले प्रारम्भिक रोक्का गरिसकेका छौं ।
गोरखा तर्फका प्रभावितलाई राख्नको लागि साबिकका ५ गाउँविकास समितिका वडाहरु छनोट गरिएको छ । आरुपोखरीको ३ र ४, नाम्जुङको १ र २, धावाको ६, बोलाङ्र्गको ३,९ र ८ र दर्बुङ्गको वडा नम्बर ५ को जग्गा रोक्का गरिएको मालपोतले जनाएको छ । साबिकका वडाहरुका जग्गा रोक्का भइसकेको भए पनि कस्तो प्रकृतिको रोक्का राख्ने भन्ने विषयमा भने यकिन हुन बाँकी रहेको मालपोत प्रमुख थापाले  बताए । उनका अनुसार यसलाई प्रारम्भिक रोक्का राख्ने र त्यस सम्बन्धि ऐन आएपछि अरु कुरा स्पष्ट हुने जनाए । सरकारले पुर्नवास र पुर्नस्थापनाको आवश्यक ऐन निर्माण नगरेकाले हाललाई रोक्का राखिएको जमिन बेचबिखन गर्न पाइने तर खण्डित गर्न भने नपाइने गरी रोक्का राख्ने तयारी गरिएको छ ।
अहिले पनि आयोजनाले मुआब्जाको मूल्य निर्धारण नगरी पुरानै ढंगबाट रोक्का गर्दा प्रभावित जनता भने अलमलमा देखिएका छन् । आयोजनाको नियत पहिले देखिनै अस्पष्ट रहेकाले बाँकी जग्गापनि रोक्का गर्दा स्थानीय जनता थप मर्कामा पर्न सक्ने स्थानीय जनताहरु बताउँछन् ।
आयोजना निर्माणको लागि प्रभावितको नाममा रहेको ५८ हजार १५३ हेक्टर जमिन सरकारको नाममा ल्याइसेको छ । उक्त जमिन मध्ये ४२ हजार हेक्टरको मुआब्जा वितरण समेत भइसकेको छ । हालसम्म २५ अर्ब रकम प्रभावितको खातामा गईसकेको बुढीगण्डकी आयोजनाको कार्यालय सिउरेनीटारले जनाएको छ । डुबान क्षेत्रमा पर्ने आरुघाट बजारको क्षेत्रको भने हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago