भर्खरै

दोलखाबाट १ वर्षभित्र ५५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिदै

  • प्रकाशित मिति : Sat-01-Feb-2076
  • - Admin
title
बैशाख,दोलखा । दोलखा जिल्लामा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सहित निजी क्षेत्रको लगानीमा निर्माणाधीन ६ जलविद्युत् आयोजनाबाट एक वर्षभित्र ५ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा थप हुने भएको छ । निर्माणाधिन ७ वटा आयोजनामा कुनै अवरोध नआए सबै आयोजना एक वर्षभित्र कार्य सम्पन्न भई विद्युत् राष्ट्रिय प्रसारणमा थप हुने देखिएको हो ।एक वर्षभित्रमा निर्माण सम्पन्न हुने आयोजनाहरुमा माथिल्लो तामाकोसी सहित ४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत् आयोजना, २५ मेगावाट क्षमताको सिंगटीखोला जलविद्युत् आयोजना, ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजना, ११ मेगावाटको तल्लो खारेखोला र १९ मेगावाट क्षमताको माथिल्लो खिम्तीखोला १ र २ रहेका छन् । यी सातवटै आयोजनाको काम ७० देखि ९७ प्रतिशतसम्म पूरा भएको सम्बद्ध पक्षले जानकारी दिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा बहुचर्चित स्वदेशी लगानीमा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सहित निजी क्षेत्रबाट बनाइँदै गरेका आयोजनाको काम तीव्र गतिमा भईरहेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना कात्तिकभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानले बताए । निजी क्षेत्रले दोलखामा निर्माण गरिरहेको आयोजनामध्ये सबैभन्दा बढी भौतिक प्रगति ग्रिनलाइन इनर्जी कम्पनीले निर्माण गरिरहेको  ४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत् आयोजना हो ।
गौरीशंकर गाउँपालिका–७, मार्बुमा निर्माणाधीन आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन समयमा नबन्दा ३ वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको आयोजनामा ढिला हुन पुगेको प्रवद्र्धकको भनाइ छ ।त्यस्तै सिंगटीखोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको सिंगटीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सकिएको छ । योे आयोजनाले साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजना प्रमुख मनोहरी सापकोटाले जानकारी दिए ।यस्तै,६ महिनामा उत्पादन लक्ष्य लिएर सोही वडामा निर्माणाधीन ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको प्रगति पनि ८० प्रतिशतभन्दा बढी पुगेको छ भने युनिभर्सल पावर कम्पनीद्वारा गौरीशंकर गाउँपालिका ५ र ६ मा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोलाको काम पनि ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । त्यस्तै चालु आवमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरे र दोलखाको जिरी नगरपालिका–१, श्यामामा निर्माणाधीन माथिल्लो खिम्तीखोला १ र २ को १९ मेगावाट क्षमताको आयोजनाको काम पनि ८० प्रतिशतभन्दा सकिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago