भर्खरै

इलेक्ट्रिसियनहरुको नाम प्रत्येक वडा कार्यालयमा सुचिकृत हुनुपर्छ

  • प्रकाशित मिति : Sat-01-Feb-2076
  • - देवु प्रसाद चौलागाई अध्यक्ष, हेटौडा इलेक्ट्रिसियन संघ
title

 
इलेक्ट्रिसियन पेशामा लामो समय देखि आवद्ध रहँदै आउनुभएका हेटौडा इलेक्ट्रिसियन संघका अध्यक्ष देवु प्रसाद चौलागाईसँग हेटौडामा इलेक्ट्रिसियनहरुको अवस्था, इलेक्ट्रिसियनहरुको सक्रियता, संघले गर्दै आएका कार्य,  इलेक्ट्रिसियनहरु लाई सरकारले दिएको प्राथमिकता लगायतका सन्र्दभमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

 
 
हेटौडा इलेक्ट्रिसियन संघका बारेमा बताईदिनु होस् ।

हेटौडा इलेक्ट्रिसियन संघ २०७५ सालमा स्थापना भएको हो । इलेक्ट्रिसियनहरुको कार्य क्षेत्र संवेदनशील क्षेत्र हो । कामगर्ने क्रममा आकस्मिक रुपमा हुने दुर्घटना, त्यसले पु¥याउने क्षति, इलेक्ट्रिसियनहरुले तोकिएको पारिश्रमिक नपाउने लगायतका समस्याहरुको समाधान र इलेक्ट्रिसियनहरुको हकहितका लागि संघको स्थापना गरेका हौ । स्थापना समयमा ३८ जनाबाट सुरुवात गरिएको यस संघमा हाल २ सय भन्दा बढि इलेक्ट्रिसियनहरुको सहभागिता रहेको छ । इलेक्ट्रिक क्षेत्रमा हुने दुर्घटना न्युनिकरण गर्ने, इलेक्ट्रिसियनहरुलाई दुर्घटना बाट बचाउने हाम्रो संघको प्रमुख उद्धेश्य हो । हाल ११ जना कार्यसमितिको सक्रियतामा संघका कार्य प्रक्रियाहरु अघि बढ्दै गएको छ । 
 
औद्योगिक क्षेत्रको पकड क्षेत्र रहेको हेटौडामा इलेक्ट्रियन पेशाको अवस्था कस्तो रहेको छ ? बताईदिनुहोस न ।

हेटौडा औद्योगिक क्षेत्रको पकड क्षेत्र हो । यहाँ ठूला ठूला सिमेन्ट उद्योगहरु रहेका छन् ।  इलेक्ट्रिक पेशा अँगाल्ने इलेक्ट्रिसियनहरुलाई हेटौडामा धेरै अवसरहरु रहेका छन् । यद्यपि इलेक्ट्रिसियनहरुको श्रमको उचित मूल्याङकन भने हुन सकेको छैन । उद्योग तथा घरधनीहरुले सस्तो इलेक्ट्रिसियन खोज्ने हुँदा इलेक्ट्रिसियनहरु इलेक्ट्रिसियन पेशाबाट नै पलयान हुने अवस्था रहेको छ । करोडौँ मूल्य बराबरको घर निर्माण गर्दा घरधनीले सस्तो इलेक्ट्रिसियन खोज्दा करोडौ मूल्य चुकाउनु परेको अवस्था समेत रहेको छ । तसर्थ घरधनीहरुले सस्तो भन्दा पनि दक्षा इलेक्ट्रिसियनहरुलाई काममा लगाउनु पर्दछ । दक्ष इलेक्ट्रिसियनद्धारा गरिएको काम नै भरपर्दो र विश्वासनीय हुन्छ । 
 
इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने क्रममा आउने विभिन्न समस्या समाधानका लागि संघले कस्ता कार्य गर्दै आएको छ ?

इलेक्ट्रिसियन क्षेत्रमा काम गर्दा विभिन्न समस्याहरु आउने गर्दछन् । हामीले हाम्रो संघमा आवद्ध इलेक्ट्रिसियनहरुलाई सुरक्षित भएर कामगर्न तथा उचित पारिश्रमिक लिनका लागि हामीले इलेक्ट्रिसियनहरुलाई सचेत गराउँदै आएका छौ भने घरधनीलाई पनि दक्ष इलेक्ट्रिसियनहरुद्धारा काम लगाउनका लागि आग्रह गर्दै आएका छौ । इलेक्ट्रिसियन र घरधनीको सुरक्षाका लागि हामीले संघ मार्फत इलेक्ट्रिसियन र घरधनीलाई सम्झौता गराई काम गराउने गर्दै आएका छौ । यस मार्फत इलेक्ट्रिसियन र घरधनी दुवै सुरक्षित हुन्छन् । त्यस्तै विभिन्न कम्पनीका प्रोडक्टहरु उपभोक्ता सम्म पु¥याउने पुलको भूमिका इलेक्ट्रिसियनहरुले गर्ने हुँदा इलेक्ट्रिसियनहरुलाई सहयोग गर्न कम्पनीहरुलाई आग्रह गर्दै आएका छौ । 
 
इलेक्ट्रिसियनहरु आफ्नो पेशाप्रति मर्यादित नभएको भन्ने सुनिन्छ नि, यसमा तपाई के भन्नु हुन्छ ?

कामगर्ने क्रममा इलेक्ट्रिसियनहरुलाई आरोप, प्रत्यारोप लगाउने  कार्य भएका छन् ।  एउटा इलेक्ट्रिसियनको बदनाम हुनु भनेको सिंगो इलेक्ट्रिसियन जगत्को  बदनाम हुनु हो  तसर्थ यस्ता कार्य रोक्नका लागि हामीले संघमार्फत पहल गर्दै आएका छौ , तर यसमा इलेक्ट्रिसियनहरु मात्र दोषी हुँदैनन्, घरधनीको पनि यसमा उत्तिकै हात रहेको हुन्छ । सस्तो मूल्यमा इलेक्ट्रिसियन कामको मूल्याड्ढन गर्न खोज्नु नै घरधनीको मूख्य कमजोरी हो । 
 
हेटौडामा इलेक्ट्रिसियन र विद्युत व्यवसायीहरुको अवस्था कस्तो रहेको छ ?

क्षेत्रफलका आधारमा हेटौडा सानो क्षेत्र भएपनि विद्युतीय व्यवसायीहरु प्रशस्तै रहेका छन् । हाम्रो संघ र व्यवसायीहरु बीच अहिले सम्मको अवस्थामा राम्रो रहेको छ । संघको स्थापनाका क्रममा विद्युतीय व्यवसायीहरुको सकारात्मक सहयोग रहेको थियो । अहिले हामीले विद्युतीय व्यवसायीहरु मार्फत विभिन्न कम्पनीहरुमा हामी इलेक्ट्रिसियनहरुका  विषयमा पारर्दशी ढंगबाट कुरा राख्न र आवश्यक सहयोग गर्नका लागि पहल गर्न आग्रह गर्दै आएका छौ । यसमा व्यवसायीहरु सकारात्मक छन् । 
 
गुणस्तरीय सामग्री प्रयोगका विषयमा संघ मार्फत कस्तो पहल हुँदै आएको छ ?

नेपालमा विभिन्न ब्राण्ड र कम्पनीका विद्युतीय सामग्रीहरु आउने गर्दछ । हरेक पसल पिच्छे विभिन्न ब्राण्ड र कम्पनीका सामग्रीहरु पाइन्छ । कुन सामग्रीहरु गुणस्तरयुक्त हो वा होइन त्यसको नामका आधारमा गुणस्तरको मूल्याङकन गर्ने प्रचलन रहेको छ । इलेक्ट्रिसियनहरुलाई समेत सामग्री गुणस्तरयुक्त छ छैन त्यसको बारेमा आवश्यक ज्ञान हुँदैन । यसका लागि गुणस्तरको परीक्षण हुन जरुरी छ । त्यस्तै निश्चित मापदण्ड भएका सामग्रीहरु मात्र बिक्रि वितरण गर्नुपर्दछ भने इलेक्ट्रिसियनहरु लाई गुणस्तरका सम्बन्धमा साक्षर बनाउन जरुरी छ । हामीले कुन सामग्री गुणस्तरयुक्त हुन् ? कुन सामग्री गुणस्तरयुक्त होइनन् भन्ने सम्बन्धमा इलेक्ट्रिसियनहरुलाई जानकारी गराउनका लागि मकवानपुर विद्युतीय व्यवसायी संघसँग सम्झौता समेत गरेका छौ । यस विषयमा आगामी दिनमा हामी कार्य गर्ने छौ । 
 
विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुलाई सरकारले कस्तो सहयोग गर्न आवश्यक छ ?

हामी इलेक्ट्रिसियनहरु विद्युत जस्तो सम्वेदनशील क्षेत्रमा काम गरिरहेका हुन्छौ ।  नेपाल विद्युत प्राधिकरणले पनि घर निर्माण गर्दा कुन इलेक्ट्रिसियन मार्फत काम गराएको हो सो व्यक्तिको नामभर्न उल्लेख गरेको हुन्छ तर प्राधिकरणको फर्ममा वास्तविकइलेक्ट्रिसियनको नाम नभई विभिन्न व्यक्तिहरुको नाम राख्ने गरेको पाइन्छ । अहिले आएको स्थानीय सरकारले इलेक्ट्रिसियन पेशामा काम गर्दै आएका इलेक्ट्रिसियनहरुको नाम प्रत्येक वडा कार्यलयमा सुचिकृत गर्ने  हो भने वार्डमा कति इलेक्ट्रिसियनहरु रहेका छन् त्यसको बारेमा जानकारी हुनुका साथै प्राधिकरणमा पनि पारर्दर्शी तथ्याड्ढ जाने थियो । यसका लागि हामीले वडा कार्यालयसँग छलफल गर्दै आएका छौ । आधिकारीक रुपमा यस सम्बन्धि प्रतिवद्धता नआएको भएपनि यस सम्बन्धमा वार्ड बाट सकारात्क प्रतिक्रियाहरु आएका छन् । आगामी आर्थिक वर्षमा यसको कार्यान्वयन हुन्छ भन्ने अपेक्षा लिएको छु । 
 
संघका भावी योजना बारेमा बताईदिनुहोस न  ।

 
हेटौडा इलेक्ट्रिसियन संघको मुख्य योजना भनेको हेटौडामा छरिएर रहेका इलेक्ट्रिसियनहरुलाई संघमा आवद्ध गर्ने हो । संघमा आवद्ध भएपश्चात आवद्ध सदस्यहरु सबैको बिमा गरेर काम गर्ने वातावरण बनाउने र इलेक्ट्रिसियन भलाई कोषको स्थापना गर्ने छौ । संघमा आवद्ध सदस्यहरुलाई एडभान्स इलेक्ट्रिसियन तालिम दिने तथा NGO\ING मार्फत सीप परीक्षणको व्यवस्था गर्ने योजनामा हामी छौं । संघमार्फत हामी हेटौडा औद्योगिक क्षेत्र संग समन्वय गरेर काम गर्ने र इलेक्ट्रिसियन र विद्युतीय व्यवसायीहरु बीचमा अन्तरक्रियात्मक कार्यक्रम गरेर सम्बन्ध प्रगाढ बनाउने हाम्रो संघको भावी योजनाहरु रहेको छ । 
 
अन्त्यमा यस पत्रिकामार्फत के भन्न चाहनुहुन्छ ?

विद्युतीय क्षेत्रमा काम गर्ने हामी जस्ता देशभरका इलेक्ट्रिसियन एक जुटभई अघि बढ्नु पर्दछ । सस्तो भन्दा पनि गुणस्तरीय विद्युतीय सामग्रीहरुको प्रयोग गर्न उपभोक्ताहरुलाई आग्रह गर्दछु । त्यस्तै एक पटक कुनै सामग्री प्रयोग गरिसकेपछि उपभोक्ताहरु वषौ सम्म ढुक्क हुन सक्ने वातावरण सिर्जना गर्न  इलेक्ट्रिसियन र व्यवसायी दुवैलाई आग्रह गर्दछु । 

प्रतिक्रिया