भर्खरै

एयरटेक एयर कुलर नेपाली बजारमा

  • प्रकाशित मिति : Sat-01-Feb-2076
  • - Admin
title
गर्मी बढेसँगै मानिसहरू विस्तारै पंखाबाट एयर कुलरतर्फ आकर्षित हुँदै गएका छन् । पंखा र एयर कन्डिसनर बीचको शीतल दिने लोकप्रिय यन्त्रका रूपमा एयर कुलरले चर्चा पाइरहेको छ । यसै बीच उच्च गुणस्तरको कच्चा पदार्थबाट बनेको एयरटेक कुलर नेपाली बजारमा आएको छ  । यसले छिटै कोठा चिसो पार्नुका साथै यसमा प्रयोग भएको एक्टिभ कार्बन फिल्टरले आँखाले नदेखिने धुलो पनि छानेर स्वच्छ हावा प्रदान गर्ने गर्दछ ।
 एयरटेक कुलरमा १ सय केजीसम्मको लोड राखेर गुडाउँदा पनि यसको पांग्रा नभाँच्चिने र नफुट्ने कम्पनीले जनाएको छ । केही वर्षअघिदेखि केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाइन्सेस प्रालिले नेपाली बजारमा अधिकृत बिक्रेताका रूपमा एयरटेकका कुलरको बिक्री गर्दै आएको छ । एयरटेक कुलरमा ठूला हनिकम्ब प्याड तीनवटै साइडमा राखिने भएकाले यसको कुलिङ सिस्टम उच्च गुणस्तरको रहेको कम्पनीको भनाइ छ । यसले आल्मुनियम मोटरलाई निषेध गर्दै कपर मोटर प्रयोग गरेकाले खिया नलाग्ने कम्पनीको दाबी छ । कम्पनीले एयरटेक ब्रान्डमा ७ लिटरदेखि ६० लिटर क्षमतासम्मको कुलर बिक्री गर्दै आएको छ । जम्टेक मल्टी नेश नल कम्पनीले पोर्टेबल एयरकुलर र पोर्टेबल एयर कन्डिसनर बिक्री गर्दै आएको छ । हाल एयरटेक कुलरको हेडक्वार्टर, डिजाइन र इन्जिनियरिङ हङकङ, चीन र अमेरिकामा भए तापनि यसको उत्पादन भने चीन र भारतमा हुँदै आएको छ । नेपालमा भने यसको आधिकारिक बिक्रेता केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट अप्लाइन्सेज प्रालि हो । यस कम्पनीले एयरटेकको कुलरका साथै स्काइवर्थ, इलेक्ट्रोलक्स र औरालगायत विभिन्न ब्रान्डमा इलेक्ट्रोनिक सामान बिक्री गर्दै आएको छ । 
 
कुलरका विशेषता

– ६० प्रतिशतसम्म विद्युत् बचत
– एक्टिभ कार्बन फिल्टर
– रिमोट र म्यानुअल दुवै प्रकारले चल्ने
– ७ मोडलमा उपलब्ध
– इन्भर्टरबाट पनि चल्ने
– कम आवाज आउने
– छिटो चिसो बनाउने

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago