भर्खरै

एक करोड २३ लाख बक्यौता असुल

  • प्रकाशित मिति : Sun-02-Feb-2076
  • -
title
दमौली,  जेठ ।  नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रु. एक करोड २३ लाख तीन हजार ८६१ बक्यौता रकम असुल गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चैत मसान्तसम्म विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटेर केन्द्रले बक्यौता असुल गरेको हो ।
 
सात सय ५८ ग्राहकले विद्युत् बक्यौता भुक्तानी नगरेको र लाइन काटेपछि ६५६ ग्राहकले बक्यौता रकम भुक्तानी गरेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । उनका अनुसार बक्यौता बुझाउने ग्राहकको लाइन पुनः जडान गरिएको छ ।
 
केन्द्रले ६०औँ दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन दैनिकरूपमा काटेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई बिल रकमको दुई प्रतिशत छुट प्रदान गरिन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।
 
प्रमुख गोशलीका अनुसार मिटर रिडिङ गरेको २३औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर र ३१औँ दिनदेखि ४०औँ दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्नेछ । साथै ४१औँ दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर तिर्नुपर्ने हुन्छ । विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए ।
 
विद्युत् चुहावट गर्नेलाई कारवाही
केन्द्रले सोही अवधिमा अनाधिकृतरूपमा विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारर्वाही गरेको छ । वितरण केन्द्रले कारर्वाहीबाट रु पाँच लाख ८८ हजार ८१२ असुल गरेको छ । मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्ने र बिगार्नेलाई कारवाही गरिएको केन्द्रले जनाएको छ ।
विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका, मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने, ट्रान्सफर्मर थप्ने, नयाँ लाइन विस्तार गर्ने, नाङ्गो तारलाई नयाँ कालो तारले विस्थापित गर्ने कार्य भइरहेको गोशलीले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षमा तीन हजार २९ बन्द र बिग्रिएका मिटर फेरिएको छ भने ७४३ ग्राहकको मिटर रिसिलिङ तथा एक हजार १०० ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ । ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा छुट भएको करीब रु ३९ लाख २० हजार ३९१ बराबरको फाइल पेश भएकामा रु २८ लाख ६४ हजार ५९६ रकम छुट युनिट स्वीकृत भइआएको छ । स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुलीका लागि पहल भइरहेको केन्द्रले जनाएको छ ।
 
विद्युत चुहावट घट्यो

केन्द्रलाई चालू आर्थिक वर्षमा विद्युत् चुहावट घटाउन सफलता मिलेको छ । अघिल्लो वर्ष २०७४ साउनमा भएको २४.८८ प्रतिशत विद्युत् चुहावट २०७५ चैतमा आउँदा ४.६९ प्रतिशतमा कायम राख्न वितरण केन्द्र सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४र७५ को समग्र विद्युत् चुहावट १६.६७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म समग्र चुहावट ७.८३ प्रतिशत मात्रै रहेको केन्द्रले जनाएको छ ।
 
गोशलीले भने, “विद्युत् चुहावटमा कडाइ गरिएकै कारण चुहावट घट्न सम्भव भएको हो ।” उनका अनुसार ठूला ग्राहकको मिटर नियमित निरीक्षण, डाटा डाउनलोड, डाटा एनलाइसिस गर्ने, बन्द मिटर फेर्ने, सामुदायिक थोक मिटरमा एचटी मिटर राखिएका कारण पनि विद्युत् चुहावट घटाउन सहज भएको हो । रासस
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago