भर्खरै

पुर्नस्थापनाका लागि छनौट भएको स्थानप्रति बुढीगण्डकी प्रभावितको असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझायो

  • प्रकाशित मिति : Fri-07-Feb-2076
  • - विद्युत संसार संवाददाता
title
 जेठ, गोरखा । १२ सय मेगावाटको बुढीगण्डकी आयोजनाका प्रभावित वासिन्दाहरुको लागि पुनस्थापना गराउन छनोट भएका गरिएको  सम्भावित क्षेत्रप्रति स्थानीयले असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाएका छन् ।
 
सरकारले छनोट गरेको स्थानप्रति असन्तुष्टि जनाउँदै आज मंगलबार भीमसेन थापा गाउँपालिका–८ घाटवेशीका आयोजना विस्थापितहरुले सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । 
 
आज वडाध्यक्ष बासु थापाको नेतृत्वमा आएको प्रभावित टोलीले साविकको बोर्लाङ गाविस–७ महादेवटार क्षेत्रमा पुर्नस्थापना गराउन माग गरेका छन् ।सरकारले पुर्नस्थापनाका लागि छनोट गरेको स्थान पायक नपर्ने जनाउँदै घाटवेशीका आयोजना प्रभावितलाई साविकको वोर्लाङ गाविस–३ मा पुनर्स्थपना गराउन सो क्षेत्रको जग्गा किनबेचमा मालपोत कार्यालयबाट रोक लगाइएको प्रति उनीहरु असन्तुष्ट जनाएका छन् । 
आयोजना अन्र्तगतको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पनस्र्थापना इकाइले पुनस्र्थापनाका लागि सम्भावित ठाउँको जग्गा अधिग्रहणको प्रक्रिया शुरु गर्दै किनबेचमा रोक लगाएको छ । साविकको नाम्जुङ१ र २ को ३२, वोर्लाङको ६ सय २४ र दर्वुङको ९६ कित्ता जग्गा रोक्का गरिएको छ ।
 
त्यस्तै साविकको धावा–६ को १११ र आरुटार तथा आरुचनौटेको ५२ कित्ता जग्गाको कारोबारमा रोक लगाइएको इकाइ प्रमुख कृष्ण कार्कीले बताए । गत वैशाख २२ गतेको बैठकले निर्णय गर्दै उक्त क्षेत्रको जग्गा किनवेचमा रोक लगाउन जिल्ला मालपोत कार्यालयलाइ पत्राचार गरेको उनले जानकारी दिए ।
तर स्थानीय प्रभावितसँग आवश्यक सल्लाह नगरी जग्गा रोक्का गरेको भन्दै आयोजना विस्थापितहरु आक्रोशित छन् । ‘जग्गा रोक्का गर्दा पक्षपात भयो,’ बुढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले भने, ‘धादिङमा नगर्ने गोरखामा मात्र गर्ने, फेरि आधिकारिक रुपमा हामीलाई थाहा पनि भएन ।’ प्रभावितसँग सल्लाह नगरी एकलौटी रुपमा गरिएको निर्णय आफूहरुलाइ मान्य नहुने उनले बताए ।
घाटवेशीका आयोजना प्रभावित नवराज ढकालले भूमाफियासँग मिलेर जग्गा रोक्कामा चलखेल भएको आरोप लगाए ।
 
‘पुनस्र्थापनाका लागि ठाउँ उपयुक्त छ कि छैन भनेर आवश्यक सल्लाह नै नगरी हचुवाको भरमा जग्गा रोक्का र्गयो, यसप्रति हाम्रो आपत्ति छ,’ उनले भने ।
प्रभावितको समस्या वेवास्ता गर्दे आयोजनाले पेलेर अघि बढ्न खोजेको उनले आरोप लगाए । डुवान प्रभावितलाई फरक दृष्टिकोणले हेरेमा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । उनीहरुले मंगलबार सिउरेनटारको इकाइ कार्यालयमा पनि ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago