खोटाङको मंगलटारलाई उज्यालो वडा घोषणा

  • प्रकाशित मिति : Sat-08-Feb-2076
  • - Admin
title

 
खोटाङ, जेठ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको छ । मंगलटार वडाका सबै स्थानीयको घरमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि उज्यालो वडा घोषणा गरिएको हो । 
उज्यालो वडा घोषणा गरी गाउँमा  बिजुली आए सँगै स्थानीय हर्षित भएका छन् ।नगरपालिकाको १ करोड ९० लाख लागत र नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा विस्तार गरिएको विद्युत बिहीबार एक कार्यक्रम गरी नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले एकसाथ बिजुली बत्तीको स्विच थिचेर उज्यालो वडा घोषणा गरेका हुन् । ४ सय १८ घरधुरीमा विद्युत  सेवा पुगेको छ । बिजुली बलेपछि कम्प्युटर, ईमेल, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, कुटानीपिसानी गर्न सहज भएको छ । मंगलटारमा विद्युत विस्तार सकिएपछि उप्रिएको ५० लाख बराबरको बाँकी विद्युतीय सामग्री बाहुनीडाँडा, बडहरे, धितुङ र सल्लेलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । यहि आर्थिक वर्षमा बडहरेमा विद्युत विस्तार गरी सकिने नगरले लक्ष्य लिएको छ । बिजुली विस्तार गर्न बाँकी डिकुवा, बाहुनीडाँडा च्यास्मिटारमा डीपीआरको रिपोर्टअनुसार आउने आर्थिक वर्षमा योजना लगाएर आउने आर्थिक वर्षमै योजना सम्पन्न गर्ने तयारीमा नगरपालिका लागि परेको छ ।

प्रतिक्रिया