भर्खरै

विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा

  • प्रकाशित मिति : Sat-08-Feb-2076
  • -
title
गलकोट,जेठ । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरेको छ । स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड बजारको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गरेको  हो ।
 
उनले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । “शाखा कार्यालय बनाउन जग्गा अभाव भएपछि निःशुल्क दिने निर्णय लिएँ, समयमै भवन निर्माणको काम अघि बढ्ने विश्वास छ”, उनले भने । 
 
भवन निर्माणका लागि केन्द्रबाट बजेट व्यवस्थापनका लागि पहल गरिने केन्द्रका प्रमुख पाण्डेले बताए । जग्गा व्यवस्थापनका लागि वडाध्यक्ष बलबहादुर खत्री लगायतले पहल गरेको थियो । गलकोट नगरपालिका र आसपासका क्षेत्रमा विद्युत् प्राधिकरणको कुनै प्रशासनिक एकाइ नहुँदा हरेक कामका लागि सदरमुकाम आउनुपर्ने बाध्यता छ । शाखा कार्यालय स्थापना भएपछि प्राधिकरणको दैनिक सेवा प्रवाहदेखि अन्य सुविधा गाउँ तहसम्म विस्तार हुने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago