भर्खरै

बुढीगण्डकी आयोजना प्रभावित अझै अन्योलमा

  • प्रकाशित मिति : Sat-08-Feb-2076
  • - सम्पादकीय
title
लामो समय देखि चर्चाको विषय बन्दै आएको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित गोरखा जिल्लाका वासिन्दाहरुलाई पुर्नस्थापना तथा पुर्नवासका लागि प्रक्रिया सुरु भएको छ । पुर्नस्थापना तथा पुर्नवासका लागि गोरखा तर्फका प्रभावितलाई साबिकका ५ गाउँविकास समितिका वडाहरु छनोट गरिएको छ । 
 
आरुपोखरीको ३ र ४, नाम्जुङको १ र २, धावाको ६, बोलाङ्र्गको ३,९ र ८ र दर्बुङ्गको वडा नम्बर ५ को जग्गा पुर्नस्थनपनाका लागि रोक्का गरिएको  छ । आयोजना प्रभावित वासिन्दाहरुलाई पुर्नस्थापनाका लागि प्रक्रिया सुरु गरेको भएपनि कतिपय आयोजना प्रभावित वासिन्दाहरुले अझै सम्म मुआब्जा प्राप्त गर्न सकेका छैनन् भने पुर्नस्थापनाका लागि  हाल रोक्का गरिएको जग्गाका विषयमा स्थानीयहरु अन्योलमा परेका छन् । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना समय भित्र नै सम्पन्न गर्नुपर्छ भन्ने विषयमा सरकार र प्रभावित जनता सकारात्मक छन् । 
 
]यद्यपी आयोजना प्रभावित जनताको माग सम्बोधन नहुँदा अझै सम्म पनि आयोजना निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । १२ सय मेगावाट क्षमताको यो आयोजना समयमा नै निर्माण सम्पन्न हुने हो भने सरकार तथा जनता दुवैले प्रतिफल लिन सक्ने थिए । तर अहिले सम्म आयोजनाको मुआब्जा वितरण प्रक्रिया सम्पन्न नहुँदा भने आयोजना समयमा नै सम्पन्न हुन्छ भन्ने विषयमा प्रभावित जनताहरु ढुक्क हुन सकेका छैनन् । त्यस्तै हाल प्रभावित जनताको पुर्नवासका लागि गोरखा जिल्लाका विभिन्न ५ गाविसका वडाहरुका जग्गा रोक्का गरिएको छ । यसबाट स्थानीयहरुमा अझै थप अन्योलमा रहेका छन् ।  
सरकारले पुर्नवास र पुर्नस्थापनाको आवश्यक ऐन निर्माण नगरेकाले हाललाई रोक्का राखिएको  जमिन बेचबिखन गर्न पाइने तर खण्डित गर्न भने नपाइने गरी रोक्का राख्ने  सरकारले तयारी गरिएको छ । सरकारले यस सम्बन्धमा उचित नियम ल्याउन जरुरी छ भने आयोजना समय सिमा भित्रनै निर्माण सम्पन्न गर्नुपर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago