पाँचथर घटना अनुसन्धानमा स्थानीयलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह
- प्रकाशित मिति : Sat-08-Feb-2076
- - रुपा तुलाधर

काठमाडौँ, जेठ । पाँचथरको आरुबोटमा भएको ९ जनाको सामूहिक हत्याकाण्डको अनुसन्धानामा स्थानीयलाई सहयोग गर्न गृहमन्त्री रामबहादुर थापाले आग्रह गरेका छन् । घटनाको सूक्ष्म रुपमा अध्यन गरी सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन र दोषीमाथि कारवाही गर्नका लागि स्थानीयलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
राष्ट्रियसभमा आज भएको बैठकमा आरुबोटमा जेठ ६ गते भएको सामूहिक हत्या पारिवारिक बेमेलका कारण भएको हुन सक्ने घटना प्रारम्भिक रुपमा भएको देखिएको उनले बताए ।
घटनाको छानबिनमा सहयोग गर्न सांसद, राजनीतिक दल तथा सरोकारवाला सबैलाई गृहमन्त्री बादलले आग्रह गरेका छन् ।
गृहमन्त्रीले सरकारले नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन शुरु गरेको जानकारी दिए ।
दुई परिवारका नौ जनाको हत्या भए सँगै अर्का एकले झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटनामा १४ वर्षीय बालिका सीता खजुम भने भागेर बाच्न सफल भएकिछिन् ।
बैठकमा सांसदहरु अनिता देवकोटा, जितेन्द्रनारायण देव, रमेशजङ्ग रायमाझी, रामप्रीत पासवान, विमला राई पौडेल र प्रकाश पन्थले घटनाको सत्य तथ्य छिटैनै बाहिर आउनु पर्ने र आपराधिक घटना रोक्नु पर्ने बताए ।