भर्खरै

कार्यालय प्रयोजनका लागि प्राधिकरणले विद्युतीय गाडी किन्दै

  • प्रकाशित मिति : Sun-09-Feb-2076
  • - Admin
title
काठमाण्डौ, जेठ । नेपाल विद्युत प्राधिकरणले कार्यलय प्रयोजनका लागि विद्युतीय गाडी किन्ने भएको छ ।  डिजेल र पेट्रोल गाडीको प्रयोगलाई निरुत्साहित गर्न  र विद्युतीय सवारी प्रवर्द्धन गर्नका लागि प्राधिकरणले  विद्युतीय गाडी किन्ने भएको हो ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौ भित्र गुड्ने प्राधिरकणका गाडी विद्युतीय नै लिने नीति लिन लागिएकोे बताए ।
 
‘कर्मचारी कार्यालयबाट घर आउन(जान प्रयोग हुने गाडी अब विद्युतीय नै  किन्ने बताउँदै घिसिङले भने,’ विभिन्न आयोजनाका साइटमा जाने भने विद्युतीय सवारीको लागि चार्जिङको समस्या हुन्छ । काठमाडौं भित्र चल्ने सवारी अब विद्युतीय नै किन्न थालेका छौं ।’
 
प्राधिकरणले विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यसहित आफैंले चार्जिङ स्टेसन स्थापना पनि गर्दैछ । पहिलो चरणमा काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्न प्रक्रिया अघि बढेको छ । यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिनेछ ।
 
शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतका स्थानमा प्राधिकरणले स्टेसन राख्न लागेको हो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago