भर्खरै

बाघ बैरी जस्तो झम्टेर नआउन सञ्चार मन्त्री बाँस्कोटाको आग्रह

  • प्रकाशित मिति : Sun-09-Feb-2076
  • - Admin
title
 
रुपा तुलाधर
काठमाण्डौ, जेठ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाघ बैरी जस्तो झम्टेर नआउन मिडियालाई आग्रह  गरेका छन् । मन्त्रालयमा बिहीबार पत्रकारहरूको संस्था प्रेस संगठन नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले बाघ बैरी जस्तो झम्टेर नआउन  मिडियालाई आग्रह गरेका हुन् । 
 
सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउँदै संविधानले दिएको अधिकारभित्रै रहेर कानुन बनाउन लागि परेको उनले बताए । प्रेसलाई संकुचित गर्ने कार्य  सरकारले नगरेको बताउदै  मन्त्री बाँस्कोटाले दण्ड वा जरीवानाले प्रेसको मुख थुन्न नसकिने तर्क गरेका थिए ।
 
 प्रेसको आचारसंहिता उल्लङ्घन गर्नेलाई  कारबाहि गर्ने  बताउदै उनले भने “लेखे बापत होइन, नलेख्नु वा लेख्न पाइदैन भनेका विषयमा लेखे कारबाहि हुन्छ ।”
प्रेसले सरकारको भजन गाउनु नपर्ने भन्दै सरकारप्रति आलोचना गरे पनि नागरिकलाई सुसूचित गराउने हक र सहि सुचना सम्प्रेषण उपयोग गर्न उनले आग्रह गरे । 
बेलायत, फ्रान्सल, भारत गायत कतिपय मुलुकमा  नियम उल्लङ्घन गर्नेलाई दण्ड जरिवाना तिराउने व्यवस्था रहेको बताउँदै उनले गलत गर्नेलाई आचारसंहिता लाग्ने बताए । व्यवसायिक शुद्धता, मर्यदा, सुरक्षा र अभिव्यक्ति लेखन स्वतन्त्रताका विषयलाई सधै स्वागत गर्ने  उनको भनाई रहेको थियो । 
 
प्रेस संगठन नेपालले मिडिया काउन्सिल विधेयकका सन्दर्भमा ६ वटा सुझाव दिएको छ ।संगठनले दिएको सुझावमा मिडियालाई स्वनियममा अघि बढ्न प्रोत्साहन गर्नुपर्ने, मिडिया काउन्सिललाई आमसञ्चार क्षेत्रमा क्रियाशील, स्वायत्त, स्वतन्त्र र स्वशासित निकायका रूपमा स्थापित गर्नुपर्ने, विधेयको बुँदा नम्बर १८ मा रहेको जरिवानासम्बन्धी व्यवस्था हटाउनुपर्ने, उक्त स्थानमा  काउन्सिले उजुरीकर्ता र सञ्चारबीच मध्यस्थताको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago