भर्खरै

मेलम्ची आयोजनाप्रति सरकार पनि चिन्तित छ : सञ्चारमन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Sun-09-Feb-2076
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौं,जेठ । सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारमाथि नै प्रश्न उठेको मेलम्ची आयोजनाप्रति सरकार पनि चिन्तित रहेकोे बताए ।
आज सिंहदबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । 
 
इटालियन कम्पनी सिएमसीले पाँच महिना अघि सदाका लागि काम छाडेर गएपछि झन अन्योल बन्दै गएको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छोटो प्रक्रियाबाट सम्पन्न गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाको भनाई छ । उनले भने सिएमसीले काम छोडेपछि पर्न आएको केही समस्याहरु समाधान गरी अब छिटै सार्वजनिक खरिद ऐनको विशेष व्यवस्थाको उपयोग गरेर निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेका छौं ।
 
मेलम्चीको सुरुङ र हेड वक्र्सको निर्माण जिम्मेवारी लिएको इटालियन कम्पनी सिएमसीले डिसेम्बर १४ तारिखका दिन ठेक्का तोडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खानेपानी मन्त्री विना मगरले मेलम्ची बाँकी काम सम्पन्न गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेकी थिइन । मेलम्ची परियोजनाको मुख्य ऋणदाता एसियाली विकास बैंक(एडिबी) र परामर्शदाता कम्पनी इप्टिसाले दिएको प्रतिवेदनलाई आधारित बनाएर नयाँ निर्णय भएको र अब काम फटाफट हुने बताईएको छ ।
 
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउनेबारे सरकारले वृहत सर्वदलीय सहमति खोज्ने भएको छ  । एक हप्ताभित्रै सर्वदलीय सहमति खोजेर मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउने निष्कर्षमा सरकार पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago