धरानमा गोली चलाएर बैंक लुटियो

  • प्रकाशित मिति : Wed-12-Feb-2076
  • - Admin
title

सुनसरी, जेठ । धरान ५ साउनेस्थित जीवन विकास बैंकबाट हतियारधारीले आज करिब ४ लाख रुपैयाँ लुटेको छ । बैंकमा चलेको गोली लागेर बैंकका एक कर्मचारी  घाइते भएका छन् । घाइते हुनेमा शम्भु गच्छदार रहेका छन् । 
 
उक्त बै‌क धरान बजारदेखि पूर्वतर्फ रहेको साउनेमा अवस्थित छ । प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ।

प्रतिक्रिया