भर्खरै

अब बारुदको गन्ध आवश्यक छैन ; मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Fri-14-Feb-2076
  • - Admin
title
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताउनुभएको छ ।  मन्त्री बाँस्कोटाले १२ औँ गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरमामा सम्बोधन गर्दै सबैभन्दा ठूलो कुरा गणतन्त्रले सबैलाई नेपालमा पहिले कहिल्यै नभएको स्वतन्त्रता, स्वाधीनता र समान अवसर दिएको स्पष्ट गर्नुभयो । 
उहाँले भन्नुभयो, “अब हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता नै मालिक हुने भएकाले जनताका अगाडि बन्दूक केही होइन ।” गणतन्त्रपछि बनेको पहिलो बहुमतको सरकारले गणतन्त्रलाई संस्थागत गर्ने र देशलाई प्रगतिको दिशामा उन्मुख गराउने नीति तथा कार्यक्रम ल्याएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “रातारात मुलुक बन्दैन । आर्थिक परिवर्तन जति सजिलो छ, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न उत्तिकै कठिन रहेकोले अब हाम्रो ध्यान त्यता जानुपर्छ ।” उहाँले अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्ने बताउनुभयो । 
मन्त्री बाँस्कोटाले अहिले जनताबाट निर्वाचित सरकारले गणतन्त्र र परिवर्तनलाई संस्थागत गर्दै समृद्धिको आधार तयार गरिरहेको जनाउँदै यो सरकार पनि असफल भए को आउने भन्ने स्पष्ट हुनुपर्ने जिकिर गर्नुभयो । गत एक वर्षमा सरकारले संविधानअनुकूल नयाँ कानून र संरचना निर्माणमा समय व्यतीत गरेकाले अबको योजना र प्रयास समृद्धितर्फको यात्रा हुने उहाँले उल्लेख गर्नुभयो । मन्त्री बाँस्कोटाले थप्नुभयो, “जनताको रगत, आँशु र पसिना साटिएर आएको गणतन्त्र कसैले दिएको उपहार होइन । गणतन्त्र सत्तरी वर्षसम्म जनताले गरेको सङ्घर्षको प्रतिफल हो । अब मुलुकलाई अन्तरराष्ट्रिय मानकसँग गाँस्न आवश्यक छ । अब कोही पनि जनता भोकै बस्नु पर्दैन । कृषिमा क्रान्ति गरेर समृद्धिमा लाग्नुपर्छ ।”
कार्यक्रममा  विभिन्न कलाकारले विशेष जागरण गीत प्रस्तुत गर्नुभएको थियो । कलाकारले ‘गणतन्त्र स्थापना’, ‘नयाँ दिन आयो’, ‘हम ने पहाडी’, ‘थ्व सर्गतय्’, ‘बलिदान’ आदि बोलका गीतसङ्गीत प्रस्तुत गरिएका थिए । सम्मेलनको प्रायोजन नेपाल टेलिकमले गरेको हो ।  यही जेठ १५ गते १२ औँ गणतन्त्र दिवस मनाइँदैछ । ऐतिहासिक जनआन्दोलन–२ पछि २०६५ साल जेठ १५ गते तत्कालीन प्रतिनिधिसभाबाट राजतन्त्रतात्मक शासन अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago