भर्खरै

पुर्नस्थापनाका लागि छनौट गरिएको स्थानप्रति प्रभावित जनता असन्तुष्ट, इआइए सर्त अनुसार काम भएन

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - रुपा तुलाधर
title
काठमाण्डौ, जेठ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित स्थानीयले पुर्नस्थापनाका लागि छनौट गरिएको स्थानप्रति असन्तुष्टि जनाएका छन् । प्रभावित स्थानीयको पुर्न स्थापनाका लागि छनौट गरीएको स्थान वातावरणीय प्रभाव मूल्याड्ढन (इआइए) सर्त अनुसार नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । 
धादिङ र गोरखा जिल्लामा निर्माण हुने १२ सय मेगावाट क्षमताको उक्त आयोजना प्रभावित स्थानीयको पुर्नस्थापनाका लागि धादिङको २८ र गोरखाको १६ स्थान गरी ४४ स्थानको अध्ययन गरीएको भए पनि  अधिकांशठाउँमा जग्गा रोक्का नभएर केही ठाउँमा मात्रै भएको  बुढिगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताए । पुर्नस्थापनका लागि सार्वजनिक सूचना नगरिएको, सार्वजनिक छलफल नभएको  र इआइए सर्त अनुसार काम नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए । जग्गा रोक्का गर्दा पक्षपात भएको भन्दै उनले भने ‘धादिङमा नगर्ने गोरखामा मात्र गर्ने, फेरि आधिकारिक रुपमा हामीलाई थाहा पनि भएन ।’ प्रभावितसँग सल्लाह नगरी एकलौटी रुपमा गरिएको निर्णय आफूहरुलाइ मान्य नहुने उनले बताए ।
आयोजनाले कुनै छलफल नगरी विस्थापित हुने भिमसेन थापा गाउँपालिका ८ , घाटबेशीका दुई सय घरधुरीलाई स्थानान्तरण गर्न लागेको प्रति स्थानीयले असन्तुष्टि जनाउदै बुढीगण्डकी आयोजनाको कार्यालय सिउरेनिटार र जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापन पत्र बुझाएका छन् ।  जिल्ला प्रशासन कार्यालय र वातावरण मुआब्जा वितरण, पुर्नवास, तथा पुर्नस्थापना ईकाई बैशाख २२ गते निर्णय गर्दै गोरखाका बिभिन्न ठाउँमा पुर्नस्थापना गर्ने भन्दै जग्गा रोक्का गर्न मालपोत कार्यालयलाई निर्देशन गरेको छ । जस अन्र्तगत साविकको दर्बुङ ५ अधिकारी गाउँको ९६ कित्ता, नाम्जुङ १ र २ को ३२ कित्ता, बोर्लाङ ३,८ र ९ को छ सय २४ कित्ता, आरुचनौटे ३ र ४ को ५२ कित्ता, धावा ६ को एक सय ११ कित्ता जग्गाको कारोबार रोक्का गरेको छ ।  पुर्नस्थापनाका लागि छनोट गरेको स्थान पायक नपर्ने जनाउँदै घाटवेशीका आयोजना प्रभावितले साविकको वोर्लाङ गाविस–३ टाउके सुनुवार देखि औरी भन्ज्याङमा पुर्नस्थापना गराउन स्थानीयले माग गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago