भर्खरै

नेपाल टेलिकमको ल्यायो “रिपब्लिक डे” अफर

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - Admin
title

काठमाण्डौ, जेठ । नेपाल टेलिकमले मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । यो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्नासेवाहरुमा विशेष छुट दिने भएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ मा डायल गर्नु पर्नेछ । 
कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । यो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया