भर्खरै

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडिया

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - Admin
title

काठमाण्डौ, जेठ । हेटौडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा भरतपुर खण्डको ठेक्का  नेपाल विद्युत प्राधिकरणले तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्को तोडेको हो ।   ठेक्का सम्झौता तोडिएलगत्तै कार्यसम्पादन जमानत बापत कम्पनीले राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरिएको  र काम ढिला गरे बापत करिब १६ लाख डलर बिलम्व शुल्क लगाउने निर्णय भएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले यसअघि आयोजना अन्तर्गतको भरतपुर बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रीड (सीसीपीजी) सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सीसीपीजी कालासूचीमा राख्ने निर्णय गरिसकेको छ ।
ठेक्का तोडेपछि कार्यकारी निर्देशक कुलमान घिसिङ, दातृ निकाय विश्व बैंकका नेपाल कार्यालयका देशीय प्रबन्धक फारिस जर्भोससहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको बताए । काममा सुधार गर्न पटक पटक निर्देशन दिए पनि ठेकेदार कम्पनीले निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, काम अलपत्र पार्ने, पत्रको जवाफ नदिने  जस्ता कारणले गर्दा ठेक्का तोडेको उनले बताए । नयाँ ठेक्कापट्टको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै टेण्डर आहृवान उनले जानकारी दिए । प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौडा भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि  २०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यस खण्डमा पर्ने २ सय २६ टावरमध्ये १ सय ६८ को जग हालिएको छ भने १ सय १९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको छ ।
आयोजना अन्तर्गतको भरतपुर बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । यो खण्डमा पर्ने २ सय ४६ टार मध्ये १ सय ३७ को जग हालिएको छ र १ सय १ खडा गरिएको छ । तार भने तानिएको छैन । यो खण्डको निर्माण २०७६ को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ । नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि हेटौडा भरतपुर बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया