भर्खरै

असारको पहिलो साता देखि तल्लो मोदी आयोजनाबाट विद्युत परीक्षण उत्पादन हुने

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - Admin
title

पर्वत, जेठ । असारको पहिलो साता देखि तल्लो मोदी आयोजना बाट विद्युत परीक्षण उत्पादन हुने भएको हो । पर्वतमा निर्माणाधीन उक्त आयोनाबाट बैशाक भित्र विद्युत उत्पादन हुने भने पनि ग्रिड कनेक्सन र टनेलमा समस्या देखिएको कारण असारको पहिलो साता परीक्षण उत्पादन हुने भएको हो ।  
२० मेगावाट क्षमताको उक्त आयोजनाको निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरीरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भईरहेको छ । मर्मतको काम सक्न अझै एक महिना लाग्न सक्ने देखिएको जनाइएको छ । कुश्मा नगरपालिका –७ चुवाको परादीस्थित पावरहाउस देखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भाग भेटिएको थियो । मर्मतको काम जेठको तेस्रो साताभित्र सकेर असार पहिलो सातामा परीक्षण उत्पादन गर्ने योजना रहेको आयोजनाले जनाएको छ । टनेलको  पक्की नगरिएको ठाउँमा पानी चुहिएपछि पहुँच मार्ग (अडिट टनेल) बाट पानी बाहिर आएको थियो ।  आयोजनाको सुरुङ साउथ एशिएन लिमिटेडले  निर्माण काम गरेको थियो । अहिले सुरुङमा परीक्षण र मर्मतको काम भइरहेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । केही प्राविधिक समस्या देखिएकाले  परीक्षण उत्पादन सोचेभन्दा ढिलो हुने भएको उनले बताए ।  त्यस्तै पावरहाउस देखि प्रसारण लाइनमा विद्युत पठाउने तार छोटो काटिएकाले  निर्माणकार्यमा ढिलाइ भएको जनाइएको छ । परादीस्थित पावरहाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करिब सात मिटर छोटो भएको थियो । आयोजनाले तारको दूरी नाप्ने इञ्जिनियरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौँ नोक्सान हुने जनाएको छ  । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावरहाउस देखि प्रसारण लाइनसम्म पु¥याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो । उक्त आयोजना विसं २०६९ साउनमा निर्माण शुरु भएको हो । 

प्रतिक्रिया