भर्खरै

सरकारी कर्मचारीको तलब १८ र २० प्रतिशतले वृद्धि, वृद्ध भत्ता एकहजार

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ,जेठ । सरकारले सरकारी कर्मचारीको तलब चार वर्षपछि बढाएको छ ।
 
आज बुधबार आ.व २०७६/०७७ को बजेट विनियोजन गर्दै अधिकृतभन्दा माथिका कर्मचारीको १८ प्रतिशत र अधिकृतभन्दा तल्लो स्तरका कर्मचारीको तलब २० प्रतिशतले बढाएको हो ।    
 
चालु आर्थिक वर्षमा कर्चमारीको तलब खुवाउनको लागि सरकारलाई  एक खर्ब १७ अर्ब अर्को दायित्व छ । तलव वृद्धिसँगै दायित्व बढेको छ । 
त्यस्तै सरकारले जेष्ठ नागरिक (वृद्धवृद्धा) भत्ता पनि एक हजार रुपैँया बढाएको छ । सरकारले यस भन्दा अघि हरेक जेष्ठ नागरिकलाई प्रतिमहिना रु.२ हजारको दर वृद्ध भत्ता वितरण गर्ने गरेको थियो । हाल वृद्धि भएर प्रतिमहिना रु.३ हजार भएको हो ।  

प्रतिक्रिया