भर्खरै

मेलम्चीलाई रु.७ अर्ब ३९ करोड बजेट विनियोजन, आगामी आ व मा पहिलो चरणको काम सक्ने लक्ष्य

  • प्रकाशित मिति : Mon-17-Feb-2076
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौंं,जेठ । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मेलम्ची खानेपानी आयोजनालाई रु.७ अर्ब ३९ करोड बजेट छुट्याएको छ ।
 
आ.व २०७६/०७७ को रु.१५ खर्ब ३२ अर्ब ९६ करोड बजेट बाट रु.७ अर्ब ३९ करोड बजेट मेलम्ची खानेपानी लाई छुट्याएको हो । 
 
निर्माणाधिन मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम आगामी आ.व मा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ । आगामी आ.व मा पहिलो चरणको काम सम्पन्न गरे लगतै दोस्रो चरणको लागि मार्ग र विस्तृत समभाव्यता अध्ययन सम्पन्न गर्ने अर्थमन्त्रालयले तयार पारेको आव २०७६७/०७७ को बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 
 
उक्त आयोजनजाको काम विगत ५ महिनादेखि ठप्प अवस्थामा रहेको छ । इटालियन कम्पनी सिएमसीले आयोजनाको निर्माण कार्यबाट हात झिकेपछि आयोजनाको काम ठप्प भएको छ ।  चिनिँया कम्पनीले कामबाट हात झिकेपछि आयोजनाको काम कसले गर्ने र कहिले बाट शुरु गर्ने भन्ने विषय भने अझैं अन्योल नै रहेको छ ।  सरकारमाथि नै प्रश्न उठेको मेलम्ची आयोजनाप्रति सरकार पनि चिन्तित रहेकोे देखिन्छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छोटो प्रक्रियाबाट सम्पन्न गर्ने निर्णय सरकारले गरेको छ । मेलम्ची परियोजनाको मुख्य ऋणदाता एसियाली विकास बैंक(एडिबी) र परामर्शदाता कम्पनी इप्टिसाले दिएको प्रतिवेदनलाई आधारित बनाएर नयाँ निर्णय भएको र अब काम फटाफट हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago