आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब रकम विनियोज
- प्रकाशित मिति : Mon-17-Feb-2076
- - Admin

काठमाण्डौ, जेठ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरुको कार्यन्वयनका लागि सो रकम विनियोजन गरेको हो ।
कुल विनियोजित रकम मध्ये चालुतर्फ रु ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२.४ प्रतिशत, पूँजीगत तर्फ रु ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत रकम विनियोजन गरिएको छ ।