भर्खरै

ताराखोला गाउँपालिकाले दियो ९५ जनालाई २२ दिने रोगजारी

  • प्रकाशित मिति : Fri-21-Feb-2076
  • - विद्युत संसार संवाददाता
title

बाग्लुङ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ताराखोला गाउँपालिकाका ९५ जना युवाहरुले एकैसाथ रोजगारी पाएका छन् ।  गाउँपालिकाले सोमबारदेखि उनीहरुलाई सडक मर्मत कार्यमा खटाउने गरी २२ दिनका लागि रोजगारी दिएको हो ।  

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले सडक मर्मत कार्यमा खटाउने गरी २२ दिनका लागि रोजगारी दिइएको बताए । उनले भने गाउँपालिकाले खटाएको ठाउँमा सडक मर्मतका लागि खटिनुपर्ने गरी उनीहरुलाई रोजगारी दिइएको हो । 
पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमअन्र्तगत उनीहरुलाई काम दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका पाँच वटा वडामा आठ वटा श्रमिक समूह बनाएर सडक मर्मत गर्ने कामका लागि खटाएको अध्यक्ष घर्तीले जानकारी दिए ।  
सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क संकलन गरी रोजगारी दिन थालेको छ । ताराखोला गाउँपालिकामा मात्र ८०० जना बेरोजगार सूचिकृत भएका छन् । तीमध्ये विभिन्न आधार बनाएर छनौट गर्ने क्रममा २८ जना महिला ६७ जना पुरुष पूर्ण बेरोजगार रहेको पाइएपछि उनीहरुलाई रोजगारी दिइएको गाउँपालिकाले जनाएको छ । अन्य बेरोजगारलाई समेत आवश्यकताका आधारमा परिचालन गर्ने गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले बताइन ्। जिल्लामा पहिलोपटक ताराखोला गाउँपालिकाले बेरोजगारीलाई रोजगारी प्रदान गरेको हो। कार्यक्रममा रोजगारी पाएका युवाहरुलाई ४ लाख ५० हजार बराबरको सडक मर्मतका लागि आवश्यक सुरक्षा सामग्री समेत प्रदान गरिएको छ । उनीहरुले पोशाक, गै्रची, बेल्चा, घन, बाउँसो, हँसिया जस्ता आवश्यक औजार समेत दिइएको छ ।  ‘कामको आधारमा हुने भेदभावको अन्त्य गरौं’ भन्ने नाराका साथ पाँच वटै वडाका महिला तथा पुरुषलाई रोजगारी प्रदान गरिएको छ,’ रोजगार संयोजक थापाले भनिन्, ‘छोटो समयलाई भए पनि रोजगारी प्रदान गर्न सफल भएका छौंं ।’ प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार प्रदान गर्न गाउँपालिकामा २१ लाख रुपैयाँ विनियोजन गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago