भर्खरै

छेस्काम प्रहरी चौकी पाँच घण्टा ‘विप्लव’को कब्जामा

  • प्रकाशित मिति : Fri-21-Feb-2076
  • - Admin
title
 
विराटनगर, जेठ ।  सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी पाँच घण्टा कब्जामा लिएको छ।
 
आक्रमणको योजना बुनेर पुगेका विप्लवका हतियारधारी कार्यकर्ताले आइतबार राति ९ बजेदेखि २ बजेसम्म चौकी कब्जामा लिएका हुन्। छेस्काम सोलुखुम्बु, संखुवासभा र भोजपुरको सीमा क्षेत्र पनि हो।
 
विप्लवले आक्रमण गर्ने अग्रीम सूचना पाएका कारण त्यहाँ कार्यरत प्रहरी भने साँझ ५ नबज्दै हतियार बोक्दै चौकी छाडेर हिँडेका थिए। छेस्काम चौकीमा प्रहरी सहायक निरीक्षक (असई) हीराप्रसाद देवकोटाको नेतृत्वमा ७ जनाको टोली खटाइएको थियो।
 
चौकी भन्दा बाहिर प्रहरी रहेका कारण आक्रमणको प्रयास भने सफल हुन सकेन। पाँच घण्टासम्म रुँघेर बस्दा पनि त्यहाँ कार्यरत प्रहरी नफर्किएपछि र भेट हुन नसकेपछि ३०र३५ जनाको संख्यामा रहेको हतियारधारी समूह चौकी छाडेर हिँडेको जानकारी स्थानीय बासिन्दाले दिएका छन्।
 
स्थानीयका अनुसार टाउकोमा रातो फेटा र मुखमा मास्क लगाएर आएको उक्त समूहसँग भरुवा बन्दुकसहितका हतियार साथमा थियो।
 
‘चौकीमा ‘विप्लव’ ले आक्रमण गर्ने सूचना दिउँसै गाउँलेले दिएका थिए। त्यही भएर त्यहाँ कार्यरत प्रहरीले यो विषयमा माथिल्लो कार्यालयमा जानकारी गराएर बेलैमा चौकी छाड्ने योजना बनाएछन्,’ विशेष प्रहरी स्रोतले भन्यो, ‘मिहीन ढंगले बुझ्दा चौकी आक्रमण गर्ने योजना नै बनाइएको पुष्टि भयो। थोरै संख्यामा रहेका प्रहरीले चौकी नछाडेको भए घटना भएर ठूलै क्षति बेहोर्नु पर्ने अवस्था आउने रहेछ।’
 
प्रहरी जनशक्ति कम भएको एवं हतियार पनि पर्याप्त नभएकै कारण त्यहाँ कार्यरत प्रहरीले सुरक्षित हुन र आक्रमणबाट बच्न चौकी छाडेको स्रोतले बतायो। सुरक्षा स्रोतका अनुसार चौकी छाडेका प्रहरीले गाउँ नजिकैको अग्ला रुखमा चढेर रात बिताए। साँझ नपरिकनै गस्ती गरे जस्तो गर्दै स्थानीय बासिन्दा समेत कोही कसैलाई पनि जानकारी नदिइकन चौकी खाली गरेर प्रहरी त्यहाँबाट बाहिरिएका थिए।
 
महाकुलुङ क्षेत्रमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध छ। बिजुली नभएका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अवरुद्ध भएको मौका छोपेर चौकीमा आक्रमणमा प्रयास गरिएको प्रहरीको आंकलन छ। यो घटनासँगै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको आपतकालिन बैठक सोमबार बसेको थियो। बैठकले संकित व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिने, थप मद्धतका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गर्ने, सर्च अभियानलाई तीव्र पार्ने र सुरक्षा व्यवस्था मजवुत बनाउने निर्णय गरेको छ।
 
छेस्काम र आसपासका क्षेत्रलाई लक्षित गर्दै संयुक्त रुपमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीको ‘लङ पेट्रोलिङ’ टोली परिचालन गरिसकिएको सुरक्षा स्रोतले जनायो। टोलीलाई सबै ठाउँमा खानतलासी गर्ने, संकित व्यक्तिहरूलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने लगायतका अधिकार दिइएको छ।
 
थप मद्धतका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत १ नम्बर सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेत्रृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० गरेर ८० जना प्रहरीको विशेष टोली सोलुखुम्बु पुर्‍याइएको छ। बाहिरबाट लगिएको र जिल्ला भित्रकै नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न ठाउँमा सर्च अभियान सुरु गरेर ‘विप्लव’ समूहका कार्यकर्ताको खोजी तीव्र पारेको जनाइएको छ।  अन्नपूर्ण 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago