भर्खरै

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

  • प्रकाशित मिति : Fri-21-Feb-2076
  • - Admin
title
प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो । 
 
प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब रु दुई करोड ४६ लाखभन्दा बढी रकम रहेकोमा चाँगुनारायण नगरपालिकाका लागि रु ४४ लाख, भक्तपुर नगरपालिकाका लागि रु ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि रु ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका लागि रु ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित भएको उहाँले जानकारी दिनुभयो ।
 
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् । 
 
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजकत्वमा सहसंयोजक चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बाँस्तोला, सूर्यविनायक नपाबाट सात वडाध्यक्ष, चाँगुनारायण नपाबाट चार वडाध्यक्ष र मध्यपुर थिमि नपाबाट दुई जना रहने गरी भव्यरुपमा कार्यक्रम गर्नेगरी समिति गठन गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago