भर्खरै

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

  • प्रकाशित मिति : Fri-21-Feb-2076
  • - Admin
title

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो । 
 
प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब रु दुई करोड ४६ लाखभन्दा बढी रकम रहेकोमा चाँगुनारायण नगरपालिकाका लागि रु ४४ लाख, भक्तपुर नगरपालिकाका लागि रु ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि रु ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका लागि रु ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित भएको उहाँले जानकारी दिनुभयो ।
 
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् । 
 
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजकत्वमा सहसंयोजक चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बाँस्तोला, सूर्यविनायक नपाबाट सात वडाध्यक्ष, चाँगुनारायण नपाबाट चार वडाध्यक्ष र मध्यपुर थिमि नपाबाट दुई जना रहने गरी भव्यरुपमा कार्यक्रम गर्नेगरी समिति गठन गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 20 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 20 hours ago