भर्खरै

सौर्य ऊर्जाको परिचय र प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुरा

  • प्रकाशित मिति : Sat-22-Feb-2076
  • - देउमान श्रेष्ठ
title
घरेलु विद्युत प्रणाली घामबाट बिजुलीबत्ती बाल्न तथा रेडियो टि.भी. हेर्न प्रयोग गरिने ऊर्जा नै सौर्य ऊर्जा हो । यो प्रणाली सरल,भरपर्दो तथा एक पटक जडान भएपछि विना झञ्झट संचालन गर्न सकिने भएको हुनाले दुर्गम स्थानहरुमा यसको उपयोग सजिलै गर्न सकिन्छ । प्राय यो दुर्गम क्षेत्रमा बढी प्रयोग भएको पाइन्छ ।  सौर्य विद्युत प्रणालीहरु विभिन्न क्षमताका (जस्तै ः१०—१२,२० —२५,३०—४० वा सो भन्दा बढी वाट पिक)हुन्छन् । सौर्य प्रणालीका विभिन्न भागहरु हुन्छ । सौर्य जडान सम्बन्धि जानकारीहरु संक्षिप्त रुपमा उल्लेख गरिएको छ ।
 
 सौर्य पाता :

 सौर्यपाताहरु ( solar module) सिलिकन नामक तत्वबाट बनेको हुन्छ । जसमा घामका किरणहरु पर्दा विद्युत उत्पन्न हुन्छ । त्यसैले घामबाट पूर्णरुपमा विद्युत उत्पादन गर्न धेरैबेर सम्म घामलाग्ने दिशाा तर्फ फर्काएर 
राख्नु पर्दछ । अन्यथा  आवश्यक मात्रामा विद्युत उत्पादन हँुदैन र बत्तीहरु निर्धारित समय सम्म बल्न सक्दैनन् ।
 
 सौर्य ब्याट्री :

सौर्य पाताबाट उत्पन्न विद्युतलाई भण्डारन  गर्ने वा संचित गरिराख्ने र आवश्यक परेको समयमा उक्त संचित विद्युत उपलब्ध गराउने साधनलाई सौर्य ब्याट्री भनिन्छ । यो ब्याट्री गाडीमा प्रयोग गरिने ब्याट्री भन्दा फरक हुन्छ । यो ब्याट्री आवश्यक परेमा ८० प्रतिशत सम्म डिस्चार्ज गर्न सकिन्छ । सौर्यमा प्रयोग गर्ने ब्याट्री विभिन्न क्षमताको हुन्छ ।  ग्राहकको माग अनुसार यसको भन्दा उच्चकोटीको  पानी थप्न  नपर्ने मेन्टेनेन्स फ्री ब्याट्रीहरु पनि  उपलब्ध गराउन सकिन्छ तर मूल्य भने अली महङ्गो पर्दछ ।
 
 सौय प्रणाली नियन्त्रक :
सौर्य विद्युत प्रणालीमा सौर्य प्रणाली नियन्त्रकको ठूलो महत्व छ । यसले मुख्यतया ब्याट्रीलाई आवश्यक भन्दा बढी चार्ज तथा डिस्चार्ज हुन बाट रोक्छ र निर्धारित भन्दा बढी विद्युत प्रयोग गर्न दिदंैन । जसले गर्दा ब्याट्रीको आयु बढ्नुका साथै ब्याट्री सुरक्षित हुन्छ । सौर्य प्रणालीमा यसलाई चार्ज कन्ट्रोलर पनि भनिन्छ । सौर्य प्रणालीमा प्रमुख भुमिका यसले खेलेको हुन्छ ।  
 
 सौर्य बत्ती :

सौर्य बत्तीहरु ब्याट्रीमा संचित भएको विद्युतवाट चल्न सक्ने विशेष किसिमका बत्तीहरु हुन् । यी बत्तीहरु अन्य बिजुली बत्तीहरु भन्दा फरक किसिमका,कम विद्युत शक्तिबाट बढी उज्यालो दिने तथा बढी टिकाउ हुन्छन् । यस्ता सौर्य बत्तीहरुको हिफाजतका लागि धेरै बाल्ने निभाउने गर्नु हुँदैन अन्यथा चिमको पुच्छारमा कालोको मात्रा बढ्न गई छोटो समयमै चिम फेर्नुपर्ने हुनसक्छ ।
 
सौर्य पाता अड्याउने फ्रेम :

सौर्य पातालाई छानामा बलियोसित अड्याई राख्न सौर्य पाता अड्याउने फ्रेमको आवश्यकता पर्दछ । यी फ्रेमहरु फलामबाट बनेको हुन्छन् र खिया नलागोस भनेर ग्याल्भनाईज्ड गरिएका हुन्छन् । सौय घरेलु विद्युत प्रणाली जडान पछि फ्रेम काठको खम्बामा राम्रोसंग  कसिएको छ वा छैन हेर्नुपर्दछ । उपलब्ध खम्बा, काँंचो काठको भएमा पछि  घामले सुक्दै जांदा खुकुलो भएर त्यसमा  अड्याएको सौर्य पाता झर्न सक्छ । त्यसैले समय समयमा जांच गर्नुपर्दछ ।
 
 जडान सामाग्रीहरुः

सौय घरेलु विद्युत  प्रणाली जडान गर्नको लागि आवश्यक सम्पूर्ण सामग्रीहरु प्रणाली संगै उपलब्ध गराईएको हुन्छ । जडान सामग्रीहरु भन्नाले सौर्य पाता देखि सौर्य प्रणाली नियन्त्रक सम्म आउने तार, सौर्य प्रणाली नियन्त्रक देखि जंक्सन बक्स सम्म जाने  तार, जंक्सन बक्स देखि बत्तीहरुमा जाने तार तथा सो को लागि आवश्यक पर्ने अन्य जडान सामाग्रीहरु जस्तैः तार अड्याउने किलिप,बत्ती अड्याउने किला,टेप , डिस्टिल  वाटर र आवश्यकता अनुसार अर्थिङ्गका सामाग्रीहरु पर्दछन् । 
 
सौर्य घरेलु  विद्युत प्रणाली प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुराहरु :

 दैनिक हेरचाह ः

क. सौर्य पाताको  स्थितिको नियमित जाँच  गर्नु पर्दछ ।
ख. अनावश्यक रुपमा बत्तीहरु बाल्नु  हुदैन ।
ग. सौर्य प्रणाली नियन्त्रकमा हरियो बत्ती बलेको छ वा छैन जाँच  गर्नु पर्दछ । यदी  बलेको  छैन भने सौर्य पाताले  ब्याट्री चार्ज नगरेको हुन सक्छ । माथी छलफल भएका बुँदाहरु पढी समयमै आवश्यक उपाय  अपनाउनु पर्छ ।
घ. दैनिक कति घण्टा  बत्ती बालेका छन् वा  टि. भी. कति घण्टा चलेको छ सो को  हेक्का राख्ने गर्नुपर्दछ । यदि  उल्लेखित समय सम्म चलेको  छैनन् भने तुरुन्त यस कम्पनीमा वा कम्पनीको  नजिकको प्रतिनिधि समक्ष सम्पर्क 
राख्नुपर्दछ ।
ङ. सबै बत्तीहरु राम्रो संग चलेका छन् छैनन् र छैनन् भने  सो को कारण पत्तालगाई आवश्यक उपाय  अपनाउनु  पर्दछ वा  सम्बन्धित प्रतिनिधि संग  सम्पर्क गर्नुपर्दछ ।
 
 अन्य हेरचाह ः

क. सौर्य पातामा धुलो जमेर आवश्यक मात्रामा विद्युत  उत्पादनमा  अवरोध परेको हुन सक्छ त्यसैले हप्तामा एक पटक  सौर्य पातालाई चिसो कपडाले पुछ्ने गर्नुपर्दछ ।
ख. सौर्य ब्याट्रीको पानीको सतहको जाँच गरी कुनै खण्डमा  पानी घटेको भए उपलब्ध डिस्टील वाटर होसियारी साथ थप्नु  पर्दछ । डिस्टील वाटर थप्ने काम  बेलुकी घाम अस्ताए पछि गर्दा राम्रो हुन्छ ।
ग.सौर्य बत्तीहरु धुँवाले धरै धमिलो भई बत्तीको उज्यालो घटेको हुनसक्छ , चिसो  नरम कपडाले होसियारीकासाथ बत्तीको शिशा तथा  बाहिरी आवरणलाई पुछ्नुपर्दछ ।
घ. बत्तीका स्वीचहरु बाल्ने  निभाउने गर्दा कालो  भएको हुनसक्छ ,जाँच गरी पेचकसको सहायताले कस्नु पर्दछ ।
ङ. वायरिङ्गका तारहरु कतै मुसाले काटेर छिन्ने अवस्थामा पुगेको हुनसक्छ ,जाँच गरी सम्वन्धित  प्राविधिकलाई   ब्याट्रीमा जोडिएका तारहरु राम्रोसंग  कसिएका छन् वा छैनन्  हेरी कस्नु पर्दछ ।
च. ब्याट्रीका टर्मिनलहरुमा भ्यासिलिन लगाएमा राम्रो हुन्छ ।
छ. सौर्य पाता अड्याएको फ्रेमको नट बोल्ट  बेला बेलामा जाँच गरी खुकुलो भएको भए कस्नुपर्दछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago