भर्खरै

९ आयोजनाको अध्ययन अघि बढाउँदै

  • प्रकाशित मिति : Sat-22-Feb-2076
  • - Admin
title

काठमाण्डौ, जेठ । विद्युत विकास विभागले ९ जलविद्युत आयोजनामा  अध्ययन अघि बढाउने भएको छ । विभागले ४ जलाशययुक्त आयोजना र ५ नदी प्रवाही आयोजनाको अध्ययन अघि बढाउन लागेको हो ।  २ हजार २२ मेगावाट क्षमता बराबरका ९ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको  सिनियर डिभिजनल इन्जिनियर जियोलोजिस्ट सुवर्ण खनालले बताए । चालू आर्थिक वर्षको बजेटमार्फत विभागले सो आयोजना हरूको अध्ययन प्रक्रिया अघि बढाएको हो । आयोजनाहरूको अध्ययन पूरा हुन सम्झौता भएको मितिले २ देखि ३ वर्षसम्म लाग्न सक्ने उनले बताए । 
विभागले खिम्ती ठोसे शिवालय, भार्वुङ टाटु, कोखाजोर र कालीगण्डकी गरी चार जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकनका लागि अन्तर्रािष्ट्रय बोलपत्र 
आह्वान गरेको छ । त्यस्तै, अपर चमेलिया, यन्मा, मध्य इन्खु, कवाडी–१ र हुम्ला कर्णाली आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन गर्न राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ । विभागले खिम्ती र भार्बुङ आयोजनाका लागि ११ वैशाखमा बोलपत्र आह्वान गरेको विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै, अन्य ७ आयोजनाका लागि १७ वैशाखमा बोलपत्र आह्वान गरेको थियो । तर, यसैबीच सार्वजनिक खरिद नियमावली संशोधन भएपछि आयोजना अध्ययनको परामर्श सेवाका लागि आवेदन गर्ने म्याद थप गरिएको थियो । 
‘संशोधित सार्वजनिक खरिद नियमावलीमा भएको व्यवस्था अनुसार अघि बढ्न र लाभग्राहीले राखेका जिज्ञासा लाई सम्बोधन गर्न म्याद थप गरिएको हो । सिनियर डिभिजनल इन्जिनियर  श्रेष्ठका  अनुसार  ‘खिम्ती र भार्बुङमा परामर्श सेवा प्रवाह गर्न चाहने योग्य अन्र्तराष्ट्रिय आवेदकले २३ जेठसम्ममा आवेदन गर्न सक्नेछन् भने अन्य ७ आयोजनामा आवेदन गर्न चाहने राष्ट्रिय र अन्र्तराष्ट्रिय परामर्श सेवा प्रदायकले २९ जेठसम्ममा आवेदन गर्न सक्ने बताए ।

प्रतिक्रिया