भर्खरै

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ हजार ८३२ ले रोजगार पाउने

  • प्रकाशित मिति : Sat-22-Feb-2076
  • - Admin
title

काठमाण्डौं, जेठ । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८ सय ३२ ले रोजगारी पाउने भएका छन् ।सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५÷७६ भित्र बेरोजगारी सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार उपलब्ध गराइने भनिएको छ । जिल्लाको बैजनाथ र राप्ती सोनारीमा २२६, खजुरामा २१२, डुडुवा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका छन् । त्यसैगरी नेपालगञ्ज उप महानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२ बेरोजगार युवालाई रोजगारी दिने नेपालगञ्ज नगर उपप्रमुख उमा थापामगरले बताए । कार्यक्रम अन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा रु ४० करोड ६० लाख ससर्त अनुदानको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago