भर्खरै

युवाहरुमा देश बनाउने भावना जाग्नु पर्छ : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : Sat-22-Feb-2076
  • - रुपा तुलाधर
title

काठमाण्डौ, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना जाग्नु पर्ने  बताएका छन् । काठमाडौँ महानगरपालिकाले बुधबार राजधानीमा  आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जब सम्म युवाहरुले म बनाउछु मेरो देश भन्ने अठोट लिन सक्दैनन् तब सम्म देश नबन्ने बताए ।   
कुनै पनि देश अरुले आएर नबनाउने बताउदै उनले हाम्रो देश हामीले नै बनाउनु पर्ने बताए । चीन, इजरायल जस्ता मुलुकका प्रविधिहरुको बारेमा बुझ्न जरुरी रहेको  तर्क प्रस्तुत गर्दै उनले अहिले इजरायलको कृषि प्रविधि नेपालमा  ल्याउने तयारी गरीरहेको समेत जानकारी दिए । 
कार्यक्रममा उनले भने  “यहाँका ढुंगा सिलाजित हो, आस्था गर्नेका लागि सालिग्राम हो, यहाँको माटो सिम्रीक हो । प्राकृतिक स्रोत साधनले पूर्ण हाम्रो देशमा प्रशस्त ऊर्वर भूमी छन् । हामीले आधुनिक प्रविधिको प्रयोग गरेर हरेक क्षेत्रको विकास गर्नु पर्दछ ।”  
नेपाल प्राकृतिक स्रोत साधनमा धनी भए पनि प्रविधिलाई अपनाउन नसक्दा गरीब हुनु  परेको प्रति दुखेसो व्यक्त गर्दै नविन सोचका साथ देश बनाउने अभियानमा युवालाई आग्रह गरे । 
महानगरले आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा सहभागी भएका युवाहरुलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले रचनात्मक सोच चिन्तनमा लाग्न प्रेरीत गरेका थिए । 
 
महानगरले स्वदेशमै बसी उद्धमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्म विकास गर्ने उद्देश्यसाथ हाम्रो काठमाण्डौ हामी बनाउँछौ नारा दिईएको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा आयोजना गरेको हो ।
 
 
 
यसका सहभागी ७० वटा मध्ये २५ वटा समुहले विभिन्न ५ चरण पार गर्न सफल भएका थिए । यस प्रतिस्पर्धामा एनिटाईम ट्वाईलेट परियोजना सर्वोत्कृष्ट भएको छ । यसले आफ्नो क्याटगोरीमा पनि विजयी भएको छ । 
 
सर्वोत्कृष्टमा ५ लाख र आफ्नो क्याटगोरीमा २ लाख गरी ७ लाख रुपैया पाएको छ । यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरि मुख्य ४ विषयहरु समेटिएको थियो भने हरेक  विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नविन सोचहरु प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाईएको थियो ।
त्यस्तै काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिष्पर्धिहरुलाई बधाई दिदै प्रविधियुक्त उद्यमशीलता प्रर्वद्धन गर्न, नविनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई  काठमाण्डौ महानगरले सधै  प्रोत्साहित गर्ने बताए । 

प्रतिक्रिया