भर्खरै

बोलबम काँबरिया संघ द्धारा एम्बुलेन्स सुचारु

  • प्रकाशित मिति : Mon-24-Feb-2076
  • - Admin
title
काठमाण्डौ, जेठ । बोल बम काँवरिया संघले  गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा शुक्रबार  एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्सको उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ अर्घौतेश्वर, बाहुनधारामा पूर्व स्वास्थ्य मन्त्री गगन थापाद्धारा उक्त एम्बुलेन्स समुद्धघाटन गरी सञ्चालनमा ल्याएको हो ।  देशको बढ्दो स्वास्थ्य समस्या तथा भौगोलिक विकटताका कारण उपचारमा हुने समस्याको मध्यनजर गर्दै आज एक कार्यक्रम आयोजना गरी संघले एम्बुलेन्स सार्वजनीक गरेको हो ।उक्त कार्यक्रममा मन्त्री थापाले समाज सेवा जस्तो माहान धार्मिक कार्यमा संम्लग्न भएर आफैंले उद्धघाटन गरी एम्बुलेन्स सुचारुमा ल्याउँदा हर्षित भएको बताए ।
 
 
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोस चालिसे बोल बम धाम निर्मणको लागि सरकारी स्वामित्वमा रहेको करिव ४५ रोपनी जग्गा उपलब्ध गराउने निर्णय नगरपालीकाले गरिसकेकाले धाम छिट्टै निर्माण हुनेमा आफु विश्वस्त रहेको बताए । मेयर  चालिसेले यस संघ संग आबद्ध भएर काम तथा सहयोग गर्न पाउँदा निकै खुसी लागेको र सदैव ब्यत्तिगत तथा आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए  ।
त्यस्तै संघका कार्यकारी अध्यक्ष  विश्वनाथ गुप्ताले स्वागत मन्तव्यमा गगन थापा मन्त्री रहँदा एम्बुलेन्स खरिद गर्न खेलेको भूमिका प्रति खुलेरै प्रशंसा गरेका थिए ।
 
 एम्बलेन्स सरकार द्धारा पूर्ण रुपमा राजस्व छुट सहित संघले खरिद गरेको थियो । उक्त एम्बुलेन्स संघमा आबद्ध  सदस्यहरु बाट समेत सहयोग संकलन गरी  खरिद गरिएको , हिमाल, पहाड र तराई जोड्ने सकिने संघले जनाएको छ ।
 
 
यस एम्बुलेन्स लाई व्यवस्थित तबरबाट संचालनगर्नको लागि शुल्क निर्धारण गर्न गोकणेश्वर नगरपालिका,समाजसेवी,वुद्धिजीबिहरु र संघका पदाधिकारीहरु बीच संयुक्त बैठक बसि संचालन गरिने तथा संघले आवश्यक पर्दा सिधै चालकलाई ९८४११६२५१९, ९८०८२७०२८४ मा फोन गर्न र संघका अध्यक्ष रौनियार लाई सिधै ९८५१०८१८९३, ९८५१०६५१०१ तथा संघको कार्यलयको फोन नम्वर ०१४२७७९२० मा समेत फोन गरि सेवा लिन सकिने समेत बताए । 
एम्बुलेन्स समुद्धघाटन कार्यक्रम संचालन संघका सचिव नरेन्द्र ठाकुरले गरेका थिए भने सभापति संघका अध्यक्ष रामआज्ञा शाहा रौनियर  रहेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, समाज सेबी दीपकसिंह भण्डारी बोल बम बोल बम काँवरिया संघका छोटे लाल शाह,लगायत बोल बम काँवरिया संघका पदाधिकारी, बिभिन्न महिला संघका पदाधिकारी,र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago