भर्खरै

दैलेखमा तीन दिनदेखि विद्युत आपूर्ति बन्द

  • प्रकाशित मिति : Wed-26-Feb-2076
  • - Admin
title

 
दैलेख, जेठ । दैलेखमा तीन दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ ।  शुक्रबार हावाहुरी आए सँगै पोल ढले पछि विद्युत आपूर्ति बन्द भएको हो । 
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखका प्रमुख धीरेन्द्र बजगाईंका अनुसार सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढले पछि विद्युत आपूर्ति बन्द भएको जानकारी दिए । 
ढलेको पोल बनाइसकेको , रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको विद्युत लाइन मर्मत गरिरहेको बताए । 
विद्युत आपूर्ति बन्द हुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ भने सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ ।
त्यसैगरी दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन् ।  आधिकारिकरूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ । घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन् । 

प्रतिक्रिया