भर्खरै

मङ्गलबारसम्मका लागि प्रतिनिधिसभा स्थगित

  • प्रकाशित मिति : Thu-27-Feb-2076
  • - Admin
title

काठमाडौँ,  जेठ । अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो । संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने  काँग्रेसको अडान थियो । 
 
सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक पटक बैठक चलाउन खोज्नु भए पनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्नु हुने भएपछि मङ्गलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।  सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

प्रतिक्रिया