भर्खरै

संविधानलाई स्वामित्वमा लिएका राजनितिक दलहरु नै यो संविधानको उल्लङघन गरे : संसद् बालकृष्ण खाँड

  • प्रकाशित मिति : Thu-27-Feb-2076
  • - विद्युत संसार संवाददाता
title

 
काठमाण्डौं,जेठ । संविधानलाई स्वामित्वमा लिएका राजनितिक दलहरु नै यो संविधानको उल्लङघन गरेको बताएका छन् ।
आज संघीय संसदमा भएको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । 
 
हालै सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकले सनातन देखि चल्दै आएको धर्म संस्कृति र परम्परालाई समाप्त गर्न खोजेकोे छ, प्रतिपक्षका सांसदले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गरेको छन् । 
नेपालको संविधानमा विना हातहतियार शान्तिपूर्णरुपमा जुलुस,कसैप्रति सर्मथन र विरोध गर्न पाउने स्वतन्त्रता संविधानमा उल्लेख गरिएको छ । तर नेपाली जनता,सरकार र सिंगो राज्यलाई नै ध्यानाकर्षण गर्नका लागि हिजो काठमाण्डौंको माइती घरमा शान्तिपूर्णरुपमा आन्दोलन उत्रेका आम नेपाली नागरिक माथि ब्रर्बतापूर्वक आक्रमण गरेको छ भने केहीलाई गिरफ्तार समेत गरेको छ । यसप्रति सरकारका प्रतिपक्ष दलहरुले संसदमा विरोध जनाएका छन् ।
 
जनताको विरोधका बाबवजुद पनि स्वयम् सरकारले राज्य कोषबाट ठूलो परिमाणमा धनराशी खर्च गरेर होली वाइन छर्कदै हिड्ने र करोडौंको धनराशी पुरस्कार र चन्दामा खर्च गरेको प्रतिपक्षहरुको भनाई छ । धर्म संस्कृतिको संरक्षणको माग गर्दै संविधान बमोजिम शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको उपहास भएको उनले बताए ।
 
संविधान विपरित विधेयकहरु बारम्बार सदनमा ल्याएको भन्दै संविधानको गम्भिरता पूर्वक अध्ययन गर्र्नुपर्ने संसद् बालकृष्ण खाँडको भनाई छ । संविधानलाई स्वामित्वमा लिएका राजनितिक दलहरु नै यो संविधानको उल्लङघन गरेको उनको भनाई छ । संविधानले प्रतिनिधित्व गरेको हक अधिकारलाई यो सरकारले कुठित गर्ने मनसायले ल्याएको आरोप उनले लगाए । 
 
त्यस्तै, नेपाली काँग्रेसका पुष्पा भुसालले उपत्यकामै दुई हजारभन्दा बढी गुठी रहेकाले संविधानको गलत व्याख्या गरेर गुठी जग्गामा धावा बोल्न खोजिएकोमा आपत्ति जनाएका छन्  । लिच्छविकालदेखि चलिआएको धर्म संस्कृति संरक्षणका लागि गुठीको अस्तित्व मास्नु नहुने उनको भनाइ थियो ।
गुठीयारहरुको हक अधिकार संरक्षण गर्न सडकमा उत्रिएका गुठीयारहरुलाई लाठी चार्ज गरेको प्रति आपत्ति जनाउँदै संसदमा गुठीयारले आफ्नो हक अधिकार संरक्षण गर्नुपर्छ भन्दा लाठीचार्ज र पानकिा फोहोरा हान्नेपर्छ भनेर कुन संविधानमा लेखेको छ ? भनी संसदमा प्रश्न गरेका थिए । उनले सरकारले लाठी बर्साउनेहरुलाइ उचित कारवाही हुनुपर्ने सरकारसँग माग गरेका छन् ।   
त्यस्तै, सत्ता पक्ष नेकपाकी सांसद पम्फा भुसालले आइतबार माइतीघर मण्डलामा भएको दमनको विरोध गरेका छन् । गुठी विधेयक फिर्ता गरी सहमतिका साथ नयाँ विधेयक ल्याउन उनले सरकारसँग माग गरेको छ । 
“रातो मच्छिन्द्रनाथ जस्ता एक हजार ७०० वर्ष पुराना गुठीको संरक्षण हुनुपर्छ, विधेयकमा आएको व्यवस्था ठीक छैन, यसमा सहमतिको प्रयास होस”, सांसद भुसालले भने ।
 
 

प्रतिक्रिया