भर्खरै

पुलको शिलान्यास गरेर फर्केका यातायात मन्त्रीको गाडी खोलामा डुब्यो

  • प्रकाशित मिति : Thu-27-Feb-2076
  • -
title

 
स्याङ्जा,जेठ ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा आएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको थियो ।
 
पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै गर्दा गाडी खोलामा डुबेको हो । बा २ झ ४०२९ नम्बरको कालो रंगको गाडी पल्टिएपश्चात स्थानीय, नेकपाका जिल्ला नेता तथा सुरक्षाकर्मीले उठाएका थिए ।
 
खोलामा पल्टिएका मन्त्रीलाई पनि सुरक्षाकर्मीले गाडीबाट निकालेका थिए । मन्त्रीलगायत गाडीमा सवार सबैजना पानीले रुजेको स्थानीयले बताएका छन् । गाडीमा सवार मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता रहेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको छ । गाडीलाई जेसिबीको सहायताले खोला बाहिर ल्याइएको थियो ।

प्रतिक्रिया