भर्खरै

सडक निर्माणमा ढिलाई भएपछि उत्रिए स्थानीय आन्दोलनमा

  • प्रकाशित मिति : Fri-28-Feb-2076
  • - विद्युत संसार संवाददाता
title

 जेठ, काठमाडौं । सडक निर्माणमा ढिलाई गरेको भन्दै काठमाण्डौं थलीका स्थानीय युवाहरुसडकमा उत्रिएका छन् । स्थानीय युवाहरुले प्रर्दशन गरेका कारण अहिले सो क्षेत्रमा सवारी आवातजावत ठप्प भएको छ ।
स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुलेसडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
 
 
स्थानीय सरकारले सडक निर्माण कार्यमा बेवास्ता गरेर ढिलाई गरेको कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरुविरुद्ध अहिले प्रदर्शनकारीहरुले नाराबाजी गरिरहेका छन् । आक्रोसित युवाहरुले सडकमा ढुङ्गा मुढा राख्ने र  टायरसमेत बालेका छन् ।
‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्न पनि माग गरेका छन् । थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि यसैगरी प्रदर्शन भएको थियो ।

प्रतिक्रिया