भर्खरै

प्रधानमन्त्री भ्रमणको पाँच दिन पछि पत्र सदनमा, कसले सम्हाल्यो कार्यभार ?

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - रुपा तुलाधर
title
काठमाण्डौ, जेठ । प्रधानमन्त्री केपी  शर्मा ओली  युरोप भ्रमणको पाँच दिन पछि आज पत्र सदनमा आएको छ । जेठ २५ गते  देखि  ९ दिनका लागि युरोप भ्रमणमा रहेको प्रधानमन्त्री ओलीको कार्यभार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्हालने गरी आज सदनमा पत्र आएको हो । 
 प्रधानमन्त्री ओलीको युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्स भ्रमणमा रहेका छन् । प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने, २७ गते बेलायत प्रस्थान गर्ने र अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन  गर्ने , बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्ने तथा बेलायतको भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुने गत आइतबार परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 
संघिय संसद सचिवालय प्रतिनिधिसभाको बैठकमा भने  प्रधानमन्त्री भ्रमणको  जानकारी पत्र आज मात्र आईपुगेको हो । प्रतिनिधि सभा बैठकको सून्य समयमा संसद पुष्पा भुषल गौतमले प्रधानमन्त्री भ्रमणको पाँच दिन पछि सदनमा पत्र आएको र पाँच दिन सम्म कसले प्रधानमन्त्री कार्यभार सम्हाल्यो, के उद्धेश्यका लागि प्रधानमन्त्री विदेशीनु भएको हो सो को जानकारी नभएको बताए ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago