भर्खरै

कञ्चनपुरमा विद्युतीय संरचनामा रु.७५ लाखभन्दा बढी क्षति

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - Admin
title

कञ्चनपुर, जेठ । हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युतका संरचनामा रु ७५ लाख भन्दा बढी क्षति पुगेको छ । हावाहुरीले विद्युत प्रशारण लाइनका पोल ढाल्नुका साथै, तार चुडालेको र ट्रान्सफर्मर पोलसँगै खस्दा सो रकम बराबरको क्षति भएको हो । 
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेश कुमार गुप्ताका अनुसार हावाहुरीका कारण सबैभन्दा बढी कृष्णपुर नगरपालिकाको रैकवार विचवामा मात्रै १७४ पोल ढलेका  तथा टुटेको जानकारी दिए  । 
त्यस्तै, भीमदत्त नगरपालिकामा १००, बेलौरी वितरण केन्द्र अन्र्तगतका स्थानमा १ सय ५०, शुक्लाफाँटामा ३५ र बेदकोट नगरपालिकामा ३०  ओटा पोल ढलेका छन् । जिल्लाका दुई स्थानमा पोलसँगै दुई वटा ट्रान्सफर्मर समेत खसेर नोक्सानी भएको छ । 
कार्यालय प्रमुख गुप्ताका अनुसार एक पोलमा रु १५ हजार बराबरको क्षति भएको छ । हावाहुरीसँगै ढलेका रुखहरु विद्युतीय संरचनामा खस्दा र तार चुड्दा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नु परेको प्रमुख गुप्ताले  बताए । अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि पोल राख्ने, तार जोड्ने लगायतका कार्य दु्रत गतिमा अगाडि बढेको उनले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 12 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 18 hours ago