भर्खरै

टेलिकमले ल्यायो चाइना कल अफर, प्रतिमिनेट मात्र ३ रुपैयाँ ३ पैसामा कुरा गर्न सकिने

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - Admin
title

काठमाडौं,जेठ । नेपाल टेलिकमले प्रयोगकर्ताहरुका लागि हालसालै चाइना कल अफर ल्याएको छ । टेलिकमले छिमेकी राष्ट्र चीनमा केबल प्रतिमिनेट मात्र ३ रुपैयाँ ३ पैसामा कुरा गर्न पाउने अफर ल्याएको हो । नेपाल र चीन बीच दिन प्रतिदिन बढ्दै गएको व्यापार, व्यवसाय र कारोबारमा  थप सहजता प्रदान गर्दै निरन्तर सम्पर्क र सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने गरी नेपाल टेलिकमले ल्याएको  छ । टेलिकमको यो चाइना कल अफर एकदम लोकप्रिय छ । यो ‘चाइना कल अफर’ धेरै ग्राहकका लागि वरदान सावित भएको छ ।नेपालबाट चीनमा कल गर्न कम्पनीले सो अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने प्याकहरु उपलब्ध गराईरहेको छ । 
दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ । त्यसैगरी साप्ताहिक प्याक सुविधा अन्तर्गत १ सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत ५ सय रुपैयाँमा १ सय ६५ मिनेट कुरा गर्न सकिन्छ । यी प्याकहरु क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिन्छ ।
 
यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट ३ रुपैयाँ ५० पैसा, साप्ताहिक ३ रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा ३ रुपैयाँ ३ पैसामा कुराकानी गर्न पाइन्छ । यो अफर सबै अन्र्तराष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा उपलब्ध छ । प्याक अफरमा सहभागी नभई फोन गर्दा सामान्य अवस्थाको महशुल दर लागु हुन्छ । पछिल्लो समयमा उपलब्ध गराइएको अफरबाट ग्राहकलाई सामान्य अवस्थामा उपलब्ध भन्दा प्रतिमिनेट २०.८९ प्रतिशतसम्म सस्तो सेवा प्राप्त हुन्छ । ‘राष्ट्रको सञ्चार’ को रुपमा आफूलाई स्थापित गराएको नेपाल टेलिकमको यो सेवाले ग्राहक सेवामा समर्पित भएको झल्को दिएको छ ।
चाइना कल अफर अन्तर्गतको विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*7#मा डायल गरी प्राप्त निर्देशन अनुसार गर्नुपर्छ ।

प्रतिक्रिया