भर्खरै

इलेक्ट्रिसियन मिट कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - Admin
title

 
काठमाण्डौ,जेठ । प्रिमियर ओभरसिज प्रा.लि द्धारा सञ्चालन भएको इलेक्ट्रिसियन मिट कार्यक्रम सम्पन्न भएको छ । याङ्कर कम्पनीका प्रोडक्टहरुको जानकारी दिन गत बुधबार आयोजना गरेको कार्यक्रम डिल्लीबजारको सेलिब्रेसन ब्याङक्वेटमा सम्पन्न भएको हो । 
कार्यक्रममा याङकर पानासोनिक कम्पनीबाट बजारमा ल्याएका प्रोडक्टहरुको बारेमा इलेक्ट्रिसियनहरुलाई जानकारी दिने उद्धेश्यले कार्यक्रम सञ्चालन भएको प्रिमियर ओभरसिजका डाइरेक्टर विनित सारडाले बताए । डाइरेक्टर सारडाले यस कम्पनीबाट उत्पादन हुने हरेक प्रोडक्ट गुणस्तर र सुरक्षा हिसाबले उत्तम भएको भन्दै उनले आगामी दिनहरुमा नेपालका हरेक ठाँउमा यस कम्पनीबाट उत्पादन भएको विद्युतीय पु¥याउने बताए । कार्यक्रममा बोल्दै उनले सबै इलेक्ट्रिसियनहरुलाई गुणस्तरयुक्त सामानहरुको मात्र प्रयोग गर्न आग्रह गरेका थिए । त्यस्तै,याङ्कर कम्पनीका प्रोडक्ट मार्केटिङ्ग म्यानेजर राम प्रसाद सहनीले यस याङकर प्यानासोनीक कम्पनीबाट उत्पादन भएको विद्युतीय सामग्रीहरु मोडुलर स्वीच सकेट, स्वीच गियर,डिबी बक्स,फ्यान,लाइटिङ्ग  र कन्डुयुट पाइप लगायत सम्पूर्ण सामानहरुको विशेषता,महत्व,प्रयोग गर्ने विधि,गुणस्तर, सुरक्षा र वारेन्टीको विषयमा विस्तृत रुपमा इलेक्ट्रिसियनहरुलाई प्रशिक्षण दिएको थियो । कार्यक्रममा करिब १०० जना इलेक्ट्रिसियनहरुको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 32 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 3 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 3 hours ago