भर्खरै

विद्युतीय फोहोर व्यवस्थापनका लागि चौधरी ग्रुप र ब्लु वेस्ट बीच सम्झौता

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - Admin
title
 
काठमाण्डौ, जेठ । विद्युतीय फोहोर व्यवस्थापनका लागि चौधरी ग्रुप र ब्लु वेस्ट टु भ्यालुबीच सम्झौता भएको छ ।  विद्युतीय सामग्रीले गरेको प्रदूषण र त्यसले बढाएको फोहोरलाई रोक्न दुई व्यावसायिक कम्पनीबीच सम्झौता भएको हो । विश्व वातावरण दिवसको अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नवीन विकास महर्जनले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् । विद्युतीय सामानको समय सकिएपछि वा बिग्रिएपछि फोहोर भन्दै याँक्ने प्रवृत्ति रहेकाले त्यसको व्यवस्थापन गर्न यो सम्झौता भएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । सरकारबाट विद्युतीय फोहोर व्यवस्थापनका लागि नियम कानुन आउन समय लाग्न सक्छ बताउदै उनले भने “हामील आनो तर्फबाट सक्दो योगदान गर्नुपर्छ,”।
विद्युतीय उपकरण वितरण तथा बिक्री गर्ने कार्यमा चौधरी ग्रुप अग्रणी स्थानमा रहेकाले यसको फोहोर व्यवस्थापनको थालनी पनि ग्रुपबाटै गर्ने उनले बताए । सम्झौता अनुसार सीजी र एलजीका सबै आउटलेटमा ग्राहकले जुनसुकै कम्पनीको विद्युतीय फोहोर हस्तान्तरण गर्न सक्नेछन् । टीभी, फ्रिज तथा वासिङ मेसिनजस्ता भारी सामानका लागि भने घरदैलोमा लिन आउने व्यवस्था र यी तीन सामानमा ग्राहकले छुट पनि पाउने व्यवस्था गरिएको छ । विद्युतीय सामानको प्रयोग तथा सुरक्षित फोहोर व्यवस्थापनका लागि आउटलेटबाट संकलन भएका फोहोर ब्लु वेस्ट टु भ्यालुको रिसाइक्लिङ केन्द्रले फोहोर विस्थापन गर्नेछ । ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत महर्जनका अनुसार विद्युतीय फोहोरलाई पहिले मर्मत गर्ने र मर्मत गर्न नमिल्नेलाई आवश्यक सावधानी अपनाई छुट्याएर अन्य सामानको कच्चा पदार्थका रूपमा प्रयोग गर्नेे बताए ।
विद्युतीय फोहोरमा हानिकारक रसायन तथा धातुको प्रयोग हुने भएकाले फोहोर व्यवस्थापनको काम चुनौतीपूर्ण छ  रहेको उनले बताए ।  सन् २०१७ मा गरिएको एक अध्ययनले काठमाडौंमा १७ हजार ७ सय ३० टन विद्युतीय फोहोर उत्सर्जन भएको कम्पनीले जनाएको छ । यस्तो फोहोर दिनप्रतिदिन बढदो क्रममा भएकाले उचित समयमा व्यवस्थापन गर्न  आवश्यक छ । त्यस्तै यसलाई प्रयोग गरेर अर्थोपार्जन गर्न सकिने अवसर पनि छ । विद्युतीय फोहोर व्यवस्थापनका लागि चौधरी ग्रुप र ब्लु वेस्ट टु भ्यालुको भन्दा सर्वसाधरणको मुख्य भूमिका रहने विद्युतीय फोहोर व्यवस्थापनका प्रोजेक्ट नेतृत्वकर्ता मनश्री नेवाले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago