भर्खरै

‘बी’ ग्रेडमा एसईई उत्तीर्णसांसद शान्ता चौधरी, फोटोसहित

  • प्रकाशित मिति : Thu-12-Mar-2076
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण हुनु भएको छ ।
उहाँ ‘बी’ ग्रेडमा उत्तीर्ण हुनु भएको हो । उहाँले २।६५ जीपीए ल्याउनु भएको छ । उहाँले गएको चैतमा भएको परीक्षा दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाट दिनु भएको थियो । 
नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरेकी चौधरीको ९सिम्बोल नम्बर ०५८८४५३ भी हो । उहाँले सेण्टर मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिनुभएको हो । 
 
उहाँकी छोरी विनु पनि एसईईमा उत्तीर्ण हुनु भएको छ । विनुले काठमाण्डौस्थित बसुन्धराबाट परीक्षा दिनु भएको थियो । २०७३ सालमा मावि डाँडागाउँमा कक्षा आठमा भर्ना भएपछि शान्ताको औपचारिक पढाइ सुरु भएको हो । 
 
२०६४ सालमा पहिलो संविधानसभामा उहाँ समानुपातिक सभाषद बन्नु भएको थियो । संसदीय समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि उहाँले औपचारिक अध्ययनलाई निरन्तरता दिनु भएको हो । त्यसअघि उहाँ दाङमै कम्लरीमा भएर निकै संघर्षपूर्ण जीवन बिताउनु भएको थियो ।
 
थारु समुदायमा कम्लरी हुँदै पहिलो संविधानसभामा सभाषद भएपछि उहाँले ‘कम्लरीदेखि सभाषदसम्म’ आत्मकथा पनि सार्वजनिक गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago