सांसदको भन्दा अभिनेत्रीले बढी जीपिए ल्याएर एसईई पास, फोटो सहित
- प्रकाशित मिति : Thu-12-Mar-2076
- - विद्युत संसार संवाददाता

काठमाण्डौ, असार । नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर एसइइ परिक्षा उत्रिर्ण भएकी छन् । २०७५ सालको अन्तिममा उनले परिक्षा दिएकी थिइन् । फिल्म अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् । उनको ‘बी प्लस’ आएको छ । त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा अध्ययन गरेकी मानन्धरको सिम्बोल नम्बर ०३१२३९९I हो । उहाँले विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिनुभएको हो ।

हालै बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरेकी थिइन् । उनी तत्काल नयाँ पार्टीमा आबद्ध हुने सोचमा छैनन् । एसइइमा राम्रो अंक पाएकी उनले प्लस टुमा व्यवस्थापन बिषय लिएर पढ्ने बताएकी छन् । एसइइ पास हुँदा उनी निकै खुसी छिन् ।
अभिनेत्री करिश्मा मानन्धर केही वर्षयता फिल्म अभिनयबाट टाढा छिन् ।