भर्खरै

बन्दैछ लेलेमा तरकारी चिस्यान भण्डारण केन्द्र

  • प्रकाशित मिति : Thu-02-Apr-2076
  • - रासस
title
गोदावरी नगरपालिका–५ लेले भञ्ज्याङमा चिस्यान भण्डारण केन्द्र निर्माण हँुदैछ । रु डेढ करोड लागतमा निर्माण हँुदै गरेको सो चिस्यान केन्द्र दक्षिण ललितपुरको मुख्य केन्द्रविन्दु लेलेमा निर्माण गरी ललितपुरका किसानलाई सुविधा दिन लागिएको हो ।
 
ललितपुरका तीन गाउँपालिकाबाट दैनिक उत्पादन भएर आउने पाँचदेखि आठ गाडी तरकारी आपत्कालीन अवस्थमा भण्डारण गर्न सहयोग मिलोस् भनी सो केन्द्र निर्माण गर्न लागिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।
 
“यस चिस्यान केन्द्रमा मौसमी तथा बेमौसमी तरकारी भण्डारण गर्न कृषकलाई सहयोग पुग्नेछ”, महर्जनले भन्नुभयो, “गोदावरीमा हालसम्म व्यवस्थित चिस्यान केन्द्रको अभाव रहँदा यहाँ उत्पादन हुने कयौँ तरकारी, फलफूल र बीउ बिजन कुहिएर खेर जाने गर्थे ।” सो केन्द्र दुईतलाको निर्माण गरिने बताइएको छ । 
 
गोदावरी–४ बडिखेल, वडा ५ र ६ लेलेलगायत दक्षिण ललितपुरका ५० प्रतिशत मानिस कृषिमा आधारित छन् । यी गाउँपालिका र वडामा खेतीपाती गर्नका लागि अन्य वडामा भन्दा बढी नै जग्गा रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो ।
 
“लेलेबाट मात्र दिनको तीनदेखि चार गाडी तरकारी बिक्री वितरणका लागि लगनखेल बजार पुग्ने गर्छन्”, सिलवालले भन्नुभयो, “बाढीपहिरो, असिनापानी परी  सडक अवरुद्ध भएको समय तरकारी भण्डारण गर्न सो केन्द्रले किसानलाई धेरै नै सहयोग पु¥याउनेछ ।” गोदावरी हरियो खुसार्नी, रायो, मुला, काउली, बन्दा, गोडभेँडा, काँक्रो, फर्सी र लप्सी बढी उत्पादन हुने क्षेत्र हो ।
 
नगपालिका उमप्रमुख मुना अधिकारीले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुलाई खेर जान नदिन, स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न गोदावरीभित्र नमूना चिस्यान केन्द्र निर्माण गरिँदै गरेको बताउनुभयो । चिस्यान केन्द्रमा आवश्यक उपकरण खरीदका लागि थप रु एकदेखि डेढ करोड खर्च लाग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago