पर्यटन मन्त्रीको सपथ लिए योगेश भट्टराईले

  • प्रकाशित मिति : Wed-15-Apr-2076
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी समिति सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीको सपथ लिएका छन् ।
 
राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
 
भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीमा नियुक्त गरेका थिए ।
 
सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिलिम्सना लगायतको उपस्थिति रहेको थियो ।
 
नवनियुक्त मन्त्री भट्टराईले आजै कार्यभार सम्हाल्ने छन् । उनी पहिलो पटक मन्त्री भएका हुन् ।
 
गएको प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट भारी मतका साथ विजयी भएका थिए ।

प्रतिक्रिया