भर्खरै

राष्ट्रिय गौरवका २२ आयोजनामध्ये समयमा नै काम सक्ने पहिलो गौरव आयोजना बन्दै गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल

  • प्रकाशित मिति : Wed-05-Jan-2078
  • -
title

बैशाख, काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका २२ आयोजनामध्ये सबैभन्दा पहिले सकिने भएको छ । आगामी जुन महिनासम्ममा विमानस्थलको सिभिलतर्फको निर्माणको काम सकिने भएको हो ।
त्यसपछि आगामी सप्टेम्बरसम्मका विमानस्थलमा विभिन्न उड्डयन उपकरण जडानको काम सुरु हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको रन–वे निर्माणको काम आगामी १५ दिनभित्रै सकिने भएको छ ।
त्यसपछि अन्य भौतिक पूर्वाधार निर्माण्को अन्तिम चरणका काम सम्पन्न गर्न आयोजनाले बढी ध्यान केन्द्रित गर्नेछ । प्राधिकरणका अन्र्तराष्ट्रिय विमानस्थल आयोजना हेर्ने निर्देशक प्रदीप अधिकारीका अनुसार गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थललाई सन् २०२० को सुरुआतबाट सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।
‘हामी पर्यटन वर्षलाई लक्षित गरेर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सक्ने अवस्थामा आइपुगेका छौं,’ अधिकारीले भने,’पोखराको पनि रन–वे निर्माणको काम सकिएको छ ।’ प्राधिकरणका अनुसार पोखरा विमानस्थल पनि तोकिएको समय अगावै सम्पन्न हुने पहिलो राष्ट्रिय गौरवको आयोजना हुनेछ । हाल गौतबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको पनि प्रगति निकै राम्रो छ । विमानस्थललाई तोकिए कै समयमा सञ्चालन गर्ने गरी उड्डयन उपकारण जडानका लागि कम्पनी छनोट भएको छ ।
यो विमानस्थल चिनियाँ कम्पनीको नर्थ वेस्ट एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
 
तर, मधेस आन्दोलन कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकोले उसले सन् २०१८ जुन महिनासम्म निर्माण कार्यको म्याद पाएको थियो । तर, बीचमा चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टरबीचको विवादका कारण आयोजनामा समस्या आएको थियो । हाल निधन भइसकेका रवीन्द्र अधिकारी पर्यटनमन्त्रीका रुपमा आएपछि आयोजनालाई तीव्रता दिन सहजीकरण गरेका थिए । आयोजनामा प्राधिकरणले पनि ध्यान केन्द्रित गरेपछि यो आयोजना राष्ट्रिय गौरबका आयोजनामध्ये सबैभन्दा पहिले सकिने अवस्थामा पुगेको छ ।  एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण भइरहेको छ । अनलाइन खबर

प्रतिक्रिया